९ आश्विन २०८३ शुक्रबार
image/svg+xml
समाज

पाल्पाको अर्चलेमा २०५.२ मिलिमिटर वर्षा

गएको २४ घण्टामा सबैभन्दा बढी पानी पाल्पाको अर्चलेमा २०५.२ मिलिमिटर परेको छ।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो १:१५ बजे एक अलर्ट जारी गर्दै यस्तो जानकारी दिएको हो। महाशाखाका अनुसार अहिले देशका धेरैजसो ठाउँमा पानी परिरहेको छ।

बाढी पूर्वानुमान महाशाखाले पनि दिउँसो १:२५ बजे सूचना जारी गर्दै रोशी खोला पनौतीमा बाढी बढ्दो क्रममा रहेकोले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा रहने सबैलाई शनिबार बिहानसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। 

प्रकाशित: ९ आश्विन २०८३ १४:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App