१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कसका लागि महिला दिवस ?

काठमाडौं- आइतबार कोटेश्वरकी तारा केसीको कक्षामा पढाई भएन। बिदाको दिन भनेर उनलाई थाहा थिएन। उनी बिहानै पढ्ने संस्थामा पुगेपछि मात्र थाहा पाइन्। तर अझै पनि उनको मनमा विदा हुनुको कारण बारे खुल्दुली नै थियो। सँगैको साथीलाई सोध्दा मात्र थाहा पाइन् आज अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बिदा भएको रहेछ। यो दिवस महिलाहरुको अधिकार र समानताको पक्षमा मनाइने गरेको सुन्दा उनी अचम्ममा परिन्।

३ सय ६५ दिनमध्ये १ दिन मात्रै नारीका लागि विशेष दिन हो भनेर सोच्नु पर्ने बेला भएको छ। सृष्टि निरन्तरता लागि दुबैको बराबर हात हुने भए पनि यहाँ नारी र पुरुषमा समान व्यवहार गरिदैन। यदि नारी पुरुषलाई समान रुपले हेरिन्थ्यो भने किन नारी दिवस मनाउनुपर्ने अवस्था आयो त ? वर्षभरी अपहेलना र विभेद गर्दै आएकाहरु आज एक दिन नारी दिवस मनाएर नारीको हक, अधिकार र स्वतन्त्रता सुरक्षित हुन्छ भन्ने सोचिरहेका हुन्छन्।

उनी एकछिन् नारी दिवस र आफूसँग भएको विभेद र असमानताबारे सोच्न थाल्छिन्। रुकुमबाट अमिन पढ्न भनेर काठमाडौं आएकी तारालाई यहाँसम्म आउन घरपरिवारमा धेरै संघर्ष गर्नु पर्यो। उनलाई छोरी भएकै कारण घरभन्दा बाहिर गएर पढ्ने वाताबरण थिएन।

उनी भन्दा २ वर्ष सानो भाइलाई भने घरभन्दा टाढा गएर पढ्न र बस्न मन पटक्कै लाग्दैन। तर ताराका बुबाआमालाई उनको भाइले काठमाडौं गएर राम्रो स्कूलमा पढोस् भन्ने लाग्थ्यो। त्यसको लागि दबाव पनि दिइन्थ्यो। यतिमै तारा सोच्छिन्, 'म पनि भाई जस्तै भएको भए आजभन्दा २ वर्ष अगाडि नै काठमाडौं आएर पढ्थे। र, अहिलेको भन्दा पनि अझै राम्रो गर्थे।'

रुकुमकी तारा जस्तै बर्दियाकी मनिसा खड्कालाई पनि घरभन्दा बाहिर वा टाढा बसेर पढ्नका लागि परिवारमा अनुमति थिएन। ठूलो संघर्षका साथ उनी पनि यहाँसम्म आइपुगिन्। तारा र मनिसा त एउटा उदाहरण पात्र मात्र हुन्। अहिले पनि धेरै घरमा छोरीहरुले आफ्नो इच्क्षा र सपना मारेर बस्नु परेको अवस्था छ। समाज आधुनिकतातर्फ लाग्दैछ भनेर मख्ख परेर बसेकाहरुलाई के थाहा मानिसको सोचमा भन्दा पनि उनीहरुको लवाईखवाईमा मात्र आधुनिकता आएको हो। अझै पनि धेरैजसो घरआँगनमा पीतृसत्तात्मक सोचले जरा गाडेर बसेको छ।

महिलाको हक अधिकारका लागि लड्छु भन्नेहरु पनि घरमा पीतृसत्तात्मक सोचको सिरक ओढेर बस्ने गरेका छन्। कीर्तिपुर बस्ने सरलालाई घरमा सहज वातारण छैन। सोलुखु्म्बु घर भएकी उनले घरमा छोरी र बुहारीबीच हुने अन्तरको महसुस गर्छिन्। उनी बुहारी भएकै कारण विभेद भएको अनुभव सुनाउँछिन्। यी यस्ता थुप्रै उदाहरणहरु हामी सबैको घर घरमा देख्न पाइन्छ। तर समाज र घरपरिवारको भयले खुलेर आउन सकिरहेका छैनन्। कहिले छोरी भएर त कहिले बुहारी भएकै कारण अझै पनि महिलाहरुले समाजमा दोस्रो दर्जाको व्यवहार पाइरहेका छन्।

प्रभावकारी ढंगले अगाडि बढ्नु पर्ने हो तर पूरानै शैलीमा कार्यक्रम तय हुनाले पीडितले तत्कालै न्याय पाउने र हिंसा र विभेदको अन्त्य हुने अवस्था देखिदैन।

महिलाको हक अधिकारका लागि थुप्रै भाषण र कार्यक्रम भए पनि त्यसले उनीहरुको मनमा गुम्सेर रहेको गाठो फुकाएको देखिदैन। नारीलाई लक्षित गरी वर्षको एक दिन अन्तरराष्ट्रिय नारी दिवस मनाइन्छ। ३ सय ६५ दिनमध्ये १ दिन मात्रै नारीका लागि विशेष दिन हो भनेर सोच्नु पर्ने बेला भएको छ। सृष्टि निरन्तरता लागि दुबैको बराबर हात हुने भए पनि यहाँ नारी र पुरुषमा समान व्यवहार गरिदैन। यदि नारी पुरुषलाई समान रुपले हेरिन्थ्यो भने किन नारी दिवस मनाउनुपर्ने अवस्था आयो त ? वर्षभरी अपहेलना र विभेद गर्दै आएकाहरु आज एक दिन नारी दिवस मनाएर नारीको हक, अधिकार र स्वतन्त्रता सुरक्षित हुन्छ भन्ने सोचिरहेका हुन्छन्।

समान कामको समान ज्याला र कामको समय ८ घन्टा हुनुपर्ने मुख्य माग राखेर अमेरिकाको न्युयोर्क सहरमा उठेको श्रमिक महिलाहरूको आन्दोलनले संस्थागत स्वरूप पायो। सन् १९०८ मार्च ८ मा न्यूयोर्क सहरको गार्मेन्ट कारखानामा काम गर्ने महिलाहरू कारखानाका मालिकविरूद्ध सडकमा उत्रेका थिए। न्यूयोर्कबाट उठेको श्रमिक महिलाहरूको आन्दोलन अमेरिकाको सिकागो सहर हुँदै छोटो समयमा युरोपसम्म फैलियो। २ वर्षपछि सन् १९१० मा कोपेनहेगनमा सम्पन्न अन्तराष्ट्रियस्तरको श्रमिक महिलाहरूको सम्मेलनले महिलाहरूले आन्दोलन उठाएको दिन ८ मार्चलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने निर्णय गरियो। सोही सम्मेलनले महिलाहरूलाई मताधिकार लगायत अन्य महिला अधिकार सम्बन्धि प्रस्ताव पनि पारित गरि प्रत्येक वर्षको ८ मार्चलाई श्रमिक महिला दिवसका रूपमा संसारभर मनाउने गरिएको हो।

समानताको पुस्ता : अन्त्य गरौं हिंसा विभेद र असमानता भन्ने नाराका साथ एक दिन मनाइने यस्ता दिवसले महिलाहरुको जीवनमा कस्तो प्रभाव पारिरहेको छ भनेर खोजी गर्नुपर्ने हो। अहिले हरेक गरिब, विकासोन्मुख अथवा विकसित देश नै किन नहोस्, हरेक देशका नारीको अवस्था नाजुक नै छ। नारीले खुला रुपमा आफ्नो दक्षता, क्षमता र रुचि अनुसारको काम गर्न सहज छैन। नारीले गर्न खोजेको काममा घरपरिवार र समाजले अवरोध खडा गर्छन्। त्यसका बाबजुद पनि संघर्षको मैदानमा गइहाले पनि यात्रा सहज हुँदैन। अझ नेपलाको सन्दर्भमा भन्ने हो भने औपचारिकताका लागि मात्रै विभिन्न सरकारी तथा गैरसरकारी महिलावादी संघ संगठनले निश्चित बजेटमा १/२ घण्टे कार्यक्रम गरेर मात्रै महिला दिवसले सार्थकता पाउँदैन।

अहिलेपनि पुरानै ढंग र स्वरुप अनुसार नै नारी दिवस मनाइरहेको देखिन्छ। हरेक वर्ष झै यस वर्ष पनि नारीका हक अधिकार नारामै मात्र सीमित हुने सम्भावना देख्छिन् महिला अधिकारकर्मी तथा राष्ट्रिय महिला आयोगकी पूर्व सदस्य धनकुमारी सुनार। नारी दिवसमा प्रयोग हुने नाराहरु व्यवहारमा लागू नभएरै जाने र नारामा भने जस्तो महिलाहरुका लागि सहज वातावरण नभएको उनले बताइन्। उनले भनिन्, 'धेरै चुनौती देखिएको छ, प्रभावकारी ढंगले अगाडि बढ्नु पर्ने हो तर पूरानै शैलीमा कार्यक्रम तय हुनाले पीडितले तत्कालै न्याय पाउने र हिंसा र विभेदको अन्त्य हुने अवस्था देखिदैन।' विगतदेखि एउटै खालको संरचनामा काम गरिरहेकाले नारी र पुरुषबीचको असमानताको पर्खाल भत्काउन अझै नसकिने उनको भनाई छ।

अतः कानूनमा महिला हक अधिकारको विषयमा धेरै परिवर्तन भइसकेको छ। जसरी कानूनमा भनिएको छ, त्यसरी नै हरेक महिलाले हक अधिकारको सदुपयोग गरि समानताको लागि अघि बढ्नु पर्ने देखिन्छ। महिला पुरुष एक सिक्काको दुई पाटा भने झै एकअर्कामा समझदारी र सद्भावका साथ असमानताको पर्खाललाई भत्काउन तर्फ लाग्नु जरुरी छ।

 

 

प्रकाशित: २५ फाल्गुन २०७६ १२:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App