३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

ख्वपको कम्प्युटर इन्जिनियरिङमा अन्यौल नभएको स्पष्ट

भक्तपुर- ख्वप कलेज अफ इन्जिनियरिङले कलेजमा कम्प्युटर इन्जिनियरिङ कार्यक्रममा कुनै अन्यौल नभएको स्पष्ट पारेको छ । कलेजका प्राचार्य ई. सुनिल दुवालले शुक्रबार प्रेस विज्ञप्ति प्रकाशित गरी कलेजको नाम उल्लेख गरी मन्त्रीपरिषदबाट बी.ई. कम्प्युटर इन्जिनियरिङ शैक्षिक कार्यक्रम स्वीकृति सम्बन्धमा फागुन १८ गते ‘कान्तिपुर’ दैनिकको समाचार, फागुन १९ गतेको ‘कान्तिपुर’ दैनिककै सम्पादकीय तथा फागुन २१ गतेको त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको प्रेस विज्ञप्तिले भ्रम सृजना गरेको जनाएको छ ।

त्रिविले कम्प्युटर इन्जिनियरिङ शैक्षिक कार्यक्रम सञ्चालनको सन्दर्भमा केही सञ्चार माध्यममा प्रकाशित समाचार र केही संगठनका वक्तव्यले भ्रम सृजना गरेको भन्दै भ्रममा नपर्न कलेजले सबैमा अनुरोध गरेको छ । कलेजले २०६५ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई स्नातक तह सिभिल र इलेक्ट्रिकल विषय सञ्चालन गर्दै आएकोमा २०७४ साल साउन १ गतेबाट कम्युटर इन्जिनियरिङ शैक्षिक कार्यक्रम सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालय योजना निर्देशनालयबाट स्वीकृत भई शैक्षिक सत्र २०७४।७५ देखि कम्प्युटर इन्जिनियरिङ शैक्षिक कार्यक्रम सञ्चालनमा रहेको विज्ञप्तिमा स्पष्ट पारिएको छ ।

सो शैक्षिक कार्यक्रमको नेपाल इन्जिनियरिङ परिषदको इन्जिनियरिङ शिक्षण संस्थालाई मान्यता प्रदान गर्ने विनियमावली २०६६ बमोजिम नेपाल इन्जिनियरिङ परिषदबाट स्वीकृतिको लागि सम्बन्धित मन्त्रालयबाट नेपाल सरकार मन्त्री परिषदमा सिफारिस गरिएको र मन्त्रीपरिषदको सो निर्णयअनुसार नेपाल इन्जिनियरिङ परिषदबाट उक्त कार्यक्रम सञ्चालन गर्न अस्थायी मान्यताको स्वीकृति प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।

‘कम्प्युटर इन्जिनियरिङ शैक्षिक कार्यक्रम सञ्चालन सम्बन्धमा कुनै अन्योल नभएको तथा समाचार तथा वक्तव्यमा उल्लेख भए बमोजिम सो निर्णय त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित नभएको व्यहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक र सर्वसाधारणको जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ, वक्तव्यमा उल्लेख छ ।
 

प्रकाशित: २३ फाल्गुन २०७६ ०८:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App