७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

पत्रकार पौडेलका लागि सहयोग संकलन

काठमाडौं – पत्रकार कमल पौडेल उपचार कोषमा विभिन्न ठाउँबाट रकम जम्मा हुन सुरु भएको छ। नेपाल पत्रकार महासंघ प्रदेश १ कार्य समिति र मोरङ शाखाको संयुक्त प्रयासमा स्थापना भएको उक्त कोषमा उनको उपचारका लागि रकम जम्मा हुन थालेको हो।

कोषमा पत्रकार महासंघ प्रदेश समितिले २५ हजार रुपैयाँ जम्मा गरेको जानकारी दिएको छ। यस्तै नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष शम्भू भण्डारीले दुई हजार पाँच सय, बेलबारीकी कञ्चन कुलुंगले पाँच हजार, विराटनगरका कृष्ण भण्डारीले पाँच हजार एक सय र मणिराम दहालले दुई हजार र पत्रकार सिद्धराज राईले दुई रुपैयाँ सहयोग जम्मा गरेको पत्रकार महासंघ प्रदेश समितिका अध्यक्ष बिक्रम लुइटेलले जानकारी दिए।

झण्डै तीन दशकदेखि पत्रकारातीमा सक्रिय हुँदै आएका पौडेल ब्लड क्यान्सरबाट पीडित भइ काठमाडौंको सिभिल अस्पतालमा उपचार गराइरहेका छन्। उनको उपचारमा आर्थिक समस्या भएपछि प्रदेश समिति र जिल्ला शाखाले सहयोग संकलनका लागि कोष स्थापना गरिएको थियो। पौडेलको उचारको सहयोग गर्न चाहाने इच्छुकले प्राइम बैंकको विराटनगर शाखामा रहेको खाता नम्बर ०३४०१७२१ मा सहयोग जम्मा गर्न सक्ने पत्रकार महासंघ प्रदेश अध्यक्ष लुइटेलले बताए।

प्रकाशित: १३ फाल्गुन २०७६ ०४:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App