२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

छाउपडी अन्त्यका लागि महिनावारी कार्यशाला गोष्ठी हुने

काठमाडौं- महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र मावअधिकार आयोगले मर्यादित महिनावारी कार्यशाला गोष्ठी गर्ने भएको छ। जेष्ठ १६ गते दोस्रो राष्ट्रिय महिलाअधिकार दिवसको अवसर पारेर २०७७ जेष्ठ १३, १४ र १५ गते गोष्ठी हुने भएको हो। सहआयोजकमा दक्षिण गोलार्दयीय मर्यादित महिलावारी सञ्जाल रहेको छ।

महिनावारीका सम्बन्धमा भए/गरेका कामहरुलाई परिवर्तन गर्ने उद्देश्यले आयोजना हुने गोष्ठीमा २० देशका अनुसन्धानकर्मी, अभियानकर्मी, सरकारी प्रतिनिधि तथा नीति निर्माताहरु सहभागि हुनेछन्। 'महिनावारीका कुरा, मर्यादा केन्द्रीय भएमात्रै हुन्छ पूरा’ भन्ने नाराका साथ हुने गोष्ठी संसारकै पहिलो भएको मन्त्रालयले दावी गरेको छ।

कार्यशाला गोष्ठीमा भान्सादेखि संसदसम्म महिनावारी निषेधको अन्त्य यौनिक र प्रजनन स्वास्थ्य अधिकार, आवाज छानो र एजेन्सी, पहिलो महिनावारीदेखि रोकिनेसम्मको विभेद, युवाहरुको भूमिका, धर्म व्यवहार, खानेपानी, सरसफाइ, नीति र जवाफदेहिता बहिस्करणमा परेका/पारिएकाहरुको अवस्था र अधिकार अनुसन्धान र कार्यान्वयनको विषयमा छलफल हुनेछ।

प्रकाशित: ११ फाल्गुन २०७६ ०७:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App