२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

स्कुलद्वारा सामुदायिक सहयाेग कार्यक्रम सुरू

काठमाडौं – संस्कृति इन्टरनेशनल विद्यालयले विद्यार्थीको शैक्षिक विकासमा प्रगति गर्दै आएको बताइएको छ। विद्यालयको १०औँ वार्षिकोत्सव कार्यक्रमका सहभागिहरूले अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्न सफल भएको बताएका थिए। सन् २०१० मा स्थापना भएको स्कुलले सामुदायिक सहयोग कार्यक्रमसमेत सञ्चालन गर्नु राम्रो उपलब्धी भएको वक्ताहरूको भनाइ थियो।

उक्त कार्यक्रम मार्फत संस्कृति इन्टरनेशनल स्कुलले किमडोलस्थित जनसुधार आधारभुत विद्यालयलाई एक लाख रुपैयाँ सहयोग गरेको छ। उक्त सहयोग रकमले त्यस विद्यालय हलको छाना मर्मत कार्यमा खर्च गरिने बताइएको छ। उक्त रकम अनुराधा कोइराला र अम्बिका श्रेष्ठले जनसुधार आधारभुत विद्यालयका प्रधानध्यापक सिता पौडेललाई हस्तान्तरण गरेका थिए।

स्कुलले विद्यार्थीलाई सामाजिक सेवामा सहभागी गराउनका लागि मिस संस्कृति र मिस्टर संस्कृति प्रतिभा प्रतियोगिता सञ्चालन गरेको थियो। मिस संस्कृतिमा श्रेया भट्टराई र मिस्टर संस्कृतिमा बर्दान ढकाल विजय भएको बताइएको छ। विजेताले आफ्नो व्यक्तिगत सामुदायिक कार्यक्रम सुरु गर्नका २० हजार रुपैयाँ प्राप्त गरेका छन्।

त्यस्तै, यस परियोजनाका पहिलो रनर अप श्रुती क्षेत्री र आगमन बज्राचार्यलाई १० हजार तथा दोस्रो रनर अप एन्नी श्रेष्ठ र आश्रय पियालाई पाँच हजार रुपैयाँ प्रदान गरेको स्कुलका अध्यक्ष रञ्जीत आचार्यले जानकारी दिए। शैक्षिक सुधारका लागि स्कुलले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ थियो। स्कुलले नेपालको परम्परागत शैक्षिक प्रणालीलाई परिवर्तन गर्दै शैक्षिक क्षेत्रमा विकास गर्दै आएको अध्यक्ष आचार्यको दावी छ।

प्रकाशित: ५ फाल्गुन २०७६ ०३:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App