२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

साढे ३३ किलो गाँजासहित भारतीय पक्राउ

मकवानपुर – कारमा लुकाएर ल्याइएको ३३ किलो ६ सय ग्राम गाँजासहित एक भारतीयलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा झारखण्ड राज्यको जेएच०९ए ८३६१ नम्बरको कार रोकी जाँच गर्दा भारतको बिहार राज्यअन्तर्गत पश्चिम चम्पारण जिल्लाको बेतिया गौरीकोटका ४० वर्षीय भगवान् यादव पक्राउ परेका हुन्।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय नेवारपानीका प्रहरी नायब निरीक्षक (सई) राजेशकुमार यादवको नेतृत्वमा खटिएको टोलीले शनिबार कार रोकी जाँच गर्दा गाँजा फेला पारी उनलाई पक्राउ गरेको थियो। कारको सिटमुनि ३३ किलो ६ सय ग्राम र वैकल्पिक टायरभित्र तीन किलो गरी ३३ किलो ६ सयग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले बताए।

पक्राउ परेका यादवमाथि आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ। लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम लागुऔषध ओसारपसारमा संलग्नलाई दुई वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तथा सवारीसाधनसमेत जफत हुने कानुनी व्यवस्था छ।

प्रकाशित: ५ फाल्गुन २०७६ ०२:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App