२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

स्वस्थानी व्रतकथा समापन

श्रीस्वस्थानी व्रतकथा समापनको दिन हनुमानघाटमा भेला भएका व्रतालुहरू। तस्बिर : नागरिक

भक्तपुर – टोलटोलमा भजन गाएर एक महिना लामो श्रीस्वस्थानी व्रतकथाको समापन गरिएको छ। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म सञ्चालन हुने श्रीमाधव नारायणको व्रत प्रत्येक वर्ष यहाँ यसरी नै समापन गर्ने चलन रहँदै आएको छ। व्रतकथाको अन्तिम दिन टोलटोलका स्थानीय स्वस्थानी समापन व्रतमा सहभागी भएका थिए।

एक महिनासम्म व्रतमा सहभागी नभए पनि अन्तिम दिन मात्रै भए पनि व्रत बसेर उनीहरू व्रतकथामा सहभागी हुने परम्परा रहँदै आएको छ। यो दिन स्थानीयस्तरका पाटी, पौवा, मठ, मन्दिरमा भजन गरेर व्रत कथा समापन गर्ने चलन छ। एक महिने व्रतको अन्तिम दिन टोलटोलमा दर्जनाैं स्थानीयहरू व्रत बस्दै आएका छन्। उनीहरू विभिन्न ठाउँमा जम्मा भइ भजन गाएर व्रत कथा समापन गर्ने परम्परा रहेको छ।

व्रत कथाको मुख्य आकर्षण भने भक्तपुरको हनुमानघाटमा हो। यहाँ प्रत्येक दिन बिहानै एक महिनासम्म व्रतालुहरूको सहभागी सहभागीता हुने गथ्र्याे। आइतबार पनि महिला तथा पुरुष हनुमानघाटमा जम्मा भएर श्रीस्वस्थानी व्रतकथाको समापन गरिएको थियो। सहभागीले हनुमानघाट खोलाको पानीमा नुहाएर विभिन्न धार्मिक कार्यमा सहभागी भएपछि व्रतको समापन गरेका थिए। आइतबार यहाँ विशेष पूँजासमेत गरिएको थियो। व्रत समापन गर्दा कथा वाचन, प्रसाद वितरणलगायतका काम भएको सहभागीको भनाइ छ।

काठमाडौंको साँखुमा जस्तै यहाँ पनि श्रद्धालु महिला तथा पुरुष एक महिनासम्म व्रतमा सहभागी हुने गरेका थिए। एक महिने व्रत बसेका व्रतालुहरू भक्तपुर नगरवाहेक चाँगुनारायण, पशुपति, पनौतीमालगायतका ठाउँमा पुगेर नुहाउँने काम गरेको थिए। व्रतालुहरू कलश बोकेटर भोजन गाउँने स्थानमा पुगेका थिए।

कला संस्कृति भजन महागुथि भक्तपुरका संस्थापक अध्यक्ष डा. इन्दुल केसीकाअनुसार यहाँ श्रीस्वास्थानी व्रतकथाको अन्तीम दिन मात्रै नभई प्रत्येक पूर्णीमाको दिन यहाँका टोलटोलमा भजन गाउने चलन रहेको छ। स्थानीयस्तरका मठमन्दिर, पाटीपौवामा बसेर समूहमा भजन गाउने गरेको उनले बताए। यसले गर्दा पर्यटकीय विकासमासमेत सहयोग पुगेको उनको दावी छ। यहाँको संस्कृति र परम्परा अलवोकन गर्नका लागि विभिन्न ठाउँबाट पर्यटक आउने गरेको अध्यक्ष केसीको भनाइ छ।

प्रकाशित: २७ माघ २०७६ ०३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App