२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

चीनको हुवेईमा रहेका नेपालीलाई फर्काउन मानव अधिकार आयोगको निर्देशन

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले चीनको हुवेईमा रहेका नेपालीलाई नेपाल फर्काउन सरकारलाई निर्देशन दिएको छ। आइतबार आकस्मिक बसेको आयोगको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो।

चीनको हुवेई प्रान्तको वुहानमा करिव १८५ विद्यार्थी रहेका छन्। वुहानलाई नेबेल कोरोना भाइरसको इपिसेन्टर मानिन्छ। कोरोना भाइरसका कारण करिव सात सय जनाको मृत्यु भइसकेको छ।

मानव अधिकार आयोगले  उक्त प्रान्तमा रहेको सबै नेपाली नागरिकहरूको स्वास्थ्य अवस्थाको जानकारी र स्वदेश फिर्ता गर्ने सम्बन्धमा सरकारले गरेको तायारीको जानकारी समेत लिने भएको छ। त्यसको लागि सम्बन्धित मन्त्रालयहरूले गरेको काम कारबाहीको आवश्यक जानकारी लिन परराष्ट्र, शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवहरूलाई आयोगमा बोलाउने निर्णय आयोगले गरेको छ।

वुहानमा रहेका नेपाली विद्यार्थीका अविभावकले मानव अधिकार आयोगमा जीवनरक्षाको माग गर्दै ज्ञपानपत्र बुझाएका थिए।

प्रकाशित: २६ माघ २०७६ ११:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App