१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विद्यालयहरुमा निःशूल्क सेनेटरी प्याड

रोल्पा - रोल्पा नगरपालिकाले विभिन्न विद्यालयहरुमा निशुल्क सेनेटरी प्याड बितरण सुरु गरेको छ। विद्यालय समयमा महिनावारी हँदा उनीहरुको सहजताका लागि प्याड बितरण गरिएको हो। अब महिनावारी ब्यबस्थापन गर्न नसक्दा प्रत्येक महिना किशोरीहरुलाई केहि दिन कक्षामा अनुपश्थित हुने समस्या हट्ने विश्वास लिइएको छ।

रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले एक कार्यक्रमका बिच बालकल्याण नमुना माध्यमिक विद्यालयका शिक्षकलाई ५ सय थान प्याड हस्तान्तरण गरेका हुन्। प्याड हस्तान्तरण गर्दै प्रमुख केसीले छात्राहरुलाई आवस्यक प्याड निरन्तर दिने बताए। ‘अब महिनावारी ब्यबस्थापन गर्न नसकेर छात्राहरु विद्यालय अनुपस्थित हुनु पर्ने छैन। हामीले यो कार्यक्रमलाई निरन्तरता दिने छौ।’

नगरपालिकाका शिक्षा शाखा प्रमुख महेन्द्र पराजुलीका अनुसार केहि दिन भित्र नगर क्षेत्रका सबै विद्यालयमा प्याड पु¥याइने छ। उनले भने ‘अब देहि हरेक विद्यालयमा प्याड निशुल्क पाइनेछ। यो कार्यक्रमलाई निरन्तर दिइने छ।’ उनका अनुसार नगर क्षेत्रका सबै विद्यालयमा दिवा खाजा कार्यक्रम पनि चलिरहेको छ।

विद्यालयमा सहज रुपमा निशुल्क प्याडको ब्यबस्था भए संगै विद्यार्थी दंग भएका छन्। ‘कहिले काहि त साह्रै गाह्रो हुन्थ्यो। किन्न जान पनि नजिकमा नपाइने।’ एक छात्राले भनिन् ‘कति पटक लाजले स्कुल छोडेर घर जानु पर्दथ्यो। अब समस्या हट्ने भो।’

प्रकाशित: २१ माघ २०७६ ०९:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App