१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तीन जनाको सनाखत, नाैं मध्ये २ को अवस्था गम्भीर

भैरहवा- भैरहवा–भुमही सडकमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका ४ छिपागढ, सूइलिहवामा ३ वटा ट्रक एक आपसमा ठोक्किदा ३ जनाको घटनास्थलमै ज्यान गएको र ९ जना घाइते भएका छन्।

करिब ६ बजे भैरहवादेखि परासी तर्फ जादै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवा तर्फ आउदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६  नम्बरको ट्रक अत्याधिक कुहिरोको कारण ओभरटेक गर्न खोज्दा एक आपसमा ठोक्किएको थियो।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा भैरहवा तर्फ आउदै गरेको ना २ ख ८४८१ का चालक सुनसरी चतराका अन्दाजी ३५ वर्षीय पूर्णबहादुर भुजेल, नवलपरासी पाल्हीनन्दन-४ का ३० वर्षीय लालु कुर्मी, र ३५ वर्षीय मोबिकन कुर्मीको घटना स्थलमै मृत्यु भएको छ।

घाइते ९ जनामध्ये २ जनाको अवस्था गम्भीर छ। धेरै घाइते भएकाको युनिभर्सल मेडिकल कलेज रानी गाउँमा उपचार भइरहेको छ। नवलपरासी पाल्हीनन्दन गाउँपालिका-४ का ४७ वर्षिय दुधई हरिजन र सिन्धुली रातामाटे बस्ने २७ वर्षिय मोहन राईको अवस्था अत्यन्त गम्भीर रहेको छ। त्यस्तै पाल्हीनन्दन गाउँपालिका-४ कै २६ वर्षिय विनोद धवल र ३२ वर्षिय सुवास कुर्मी पनि घाइते छन्। उनीहरुको मेडिकल कलेजमा उपचार भइरहेको छ।

घाइतेमध्ये तनहु जिल्ला खैरेनी नगरपालिका-५ का १९ वर्षिय विरेन्द्र गुरुङ, पाल्हीनन्दन-४ का १६ वर्षिय अखिलेश यादव, १८ वर्षिय मनिस धवल, २८ वर्षिय शैलेश कुर्मी र २२ वर्षिय त्रिभुवन हरिजनको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ। पाँचै जनाको अवस्था खतरामुक्त रहेकोे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक केशव ज्ञवालीले जानकारी दिए।

नवलपरासी तर्फबाट आएको ट्रकमा लेभर लोडको काम गर्दै आएका अधिकांश एउटै ट्रकमा सवार दुर्घटनामा परेका छन्। मृत्यु भएकाको शव भैरहवास्थित भिम अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ। भैरहवाबाट लोडेड ट्रक परासी तर्फ जादा विपरित दिशा तर्फबाट आउदै गरेको खाली ट्रकसँग जुधिएको हो। २ वटा ट्रक क्षति भएको छ भने एउटा ट्रकमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: १४ माघ २०७६ ०७:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App