९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

नेपाल एयरलाइन्सका २५ जना पाइलटले दिए सामूहिक राजीनामा

फाइल तस्बिर

काठमाडौं - नेपाल एयरलाइन्सका दुई दर्जन बढी पाइलटले सामूहिक राजिनामा दिएका छन्। सेवा सुविधामा विभेद गरिएको भन्दै एयरलाइन्सका २५ जना पाइलटले बिहीबार साँझ व्यवस्थापन समक्ष राजीनामा बुझाएका हुन्। सामूहिक राजीनामा दिने पाइलटहरुले काम बढी नेपालीलाई र सुविधा बढी विदेशीलाई दिएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए।

विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै तीन महिनाको समयसीमा दिँदै राजीनामा दिएको एक पाइलटले बताए। विदेशी पाइलटले चोखो १५ लाख तलब बुझ्छन् भने नेपालीले ५ लाख तलब पाउँदै आएका छन्। त्यसमा पनि पछिल्लो समय बिना जानकारी एक लाख काट्ने गरिएको उनले बताए।

;काममा पनि विभेद छ;, उनले भने, ‘यस्तो चरम विभेदका विषयमा हामीले लामो समयदेखि कुरा उठाउँदै आएको थियाैं तर सुनुवाइ भएन। हामीले बाध्य भएर राजीनामा दिनु परेको हो।’ बाँकी १५ जना पाइलटले पनि राजीनामा दिने तयारी गरेको उनले बताए।
 
विदेशी पाइलटले पाउने तलबको कर समेत नेपाल एयरलाइन्सले तिरिदिने गरी सुविधा दिएको छ। विदेशी पाइलटले ४६ घण्टा र नेपाली पाइलटले ९८ घण्टा काम गर्दा पनि समान ज्याला त्यसमा पनि विदेशी पाइलटको सरकारले आफैंले कर तिरिदिने गरेको पाइलटहरूको गुनासो रहेको छ।

पाइलटहरुले व्यवस्थापनलाई तीन महिनाको समयमा नेपाली पाइलटलाई तालिम दिएर सबै विदेशी पाइलट विस्थापन गर्ने वा नेपाली पाइलटले दिएको राजीनामामा स्वीकृत गरेर सबै करारमै लिएर काम चलाउने विकल्प दिएका छन्।

प्रकाशित: १० माघ २०७६ ०४:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App