हामीकहाँ विकास निर्माणका काम समयमै सकिँदैनन्। सरकारी कार्यालयमा काम पनि हुँदैन। वरको फाइल पर सार्नसमेत अनेक झमेला पर्छ। सेवाग्राहीले त्यसै दुःख पाइरहेका हुन्छन्। सेवा प्रदायकले अलिकति मात्रै सहयोग गरिदिँदा पनि ठूलो राहत हुन्छ।
अल्छीलाई बहाना चाहिन्छ। कुनै न कुनै बहानामा तिनले काम गर्दैनन्। अल्छीका बहानाका विषयमा बनेको यो कथा निकै रोचक छ :
गाउँमा एउटा मन्दिर बन्दै थियो। जसका लागि सबैले सहयोग गर्नुपर्छ भन्ने सल्लाह भयो। सोहीअनुसार सबैले काम गरिरहेका थिए। तर, एउटा मानिसलाई काममा कुनै ध्यान थिएन। ऊ फुर्सदमा बसिरहेको थियो।
यसरी काम नगरी बसिरहेको व्यक्तिनजिक गएर गाउँलेले उनलाई काम सघाउन आग्रह गरे। तर उसले आफू भोकै भएको बतायो। त्यसैले केही गर्न नसक्ने जवाफ दियो। त्यसपछि गाउँले मिलेर उसलाई खाना खुवाए।
उसले निकै आनन्दसाथ खाना खायो। ऊ तृप्त भएपछि अब काम गर्नुपर्छ भन्ने कुरा भयो। ‘लौ अब काम गर्न जाऊँ,’ गाउँलेले उसलाई आग्रह गरे।
तर फेरि पनि उसले काममा जान अस्वीकार ग-यो। ‘खानाले पेट भरिएको छ, कसरी निहुरिएर काम गर्ने ?’ उसले उल्टै प्रश्न ग-यो। ‘अहिले म काम गर्नै सक्दिनँ,’ उसले थप्यो। गाउँले अवाक् भए।
अल्छी मानिसका बहानाबाजी थाहा पाएपछि गाउँले दिक्क मान्दै हिँडे। यसैलाई लिएर गाउँतिर भन्न थालियो, ‘नखाउन्जेल बोल्नै सक्दिनँ, खाएपछि चल्दै सक्दिनँ।’
प्रकाशित: ८ माघ २०७६ ०४:२२ बुधबार