जुम्ला - तीन वर्षअघि कर्णालीको प्रशिद्ध मन्दिर चन्दननाथबाट हराएको मुख्य मूर्ति खेतको आलीमा भेटिएको छ। चन्दननाथ नगरपालिका १ दानसाँघुस्थित एक खेतमा मूर्ति भेटिएको हो। २०७३ मंसिर १२ गते राति चन्दननाथ मन्दिरका मुख्यमूर्तिसहित २८ वटा मूर्ति हराएक थिए। हराएका मध्ये मूतिमुर्ति दतात्रयसहित ७ वटा मूति अझै भेटिएका थिएनन्। यो मूर्ति १८ किलो चाँदीले निर्माण भएको थियो।
बिहान साडे नौ बजे चन्दननाथ नगरपालिका १ तलिचौरका उमेश देवकोटा, लोकेन्द्र हामाल र लोकदर्शन देवकोटा जौको खेतमा पानी हाल्न जाँदा मुर्ति भेटेका थिए। उनीहरुले ठुलो मूर्ति देखेपछि स्थानीय अगुवा दयादत्त हमाललाई खबर गरेको बताए। चन्दननाथको मूर्ति हुनसक्ने भन्दै प्रहरी लगायत सरोकारवालालाई खबर ग-यौँ,उनले भने,‘ यो चन्दननाथ मन्दिरको मुख्यमुर्ति रहेछ। बाजागाजा सहित मन्दिरमा ल्याउने तयारी भइरहेको छ। ’
चोरी भएको तीन वर्षसम्म पनि नभेटिएको मुल मुर्ति सोमवार दानसाँघुमा भेटिएको जिल्ला प्रहरी प्रमुख डिएसपी लाल बहादुर धामीले बताए। एकै पटक २८ मूति चोरी भएपनि केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धानको जिम्मेवारी लिएको थियो। मूति पत्ता लगाउनको लागि अनुसन्धानमा कुकुर देखि धार्मिक कार्य समेत गरिएको थियो।
तत्कालीन प्रहरी नायब महानिरीक्षक नवराज सिलवालसहित केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले जुम्ला पुगेर मूति अनुसन्धान गरेको थियो। मुर्ति चोरीको भएको बारेमा केन्द्रीय अनुसन्धानले तयार पारेको प्रतिबेदन सार्बजनिक हुन सकेको छैन्। लामो समयको अनुसन्धानबाट नभेटिएको मूर्ति खेतको आलीमा बेवारिसे अवस्थामा फेला परेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन्।
मन्दिरबाट मूर्ति चोरीभएपछि जुम्लावासी निकै निराश थिए। तर एकाएक मूर्ति खेतको आलीमा भेटिएपछि निकै खुसी भएका छन्। बाँकी ६ वटा मूतिको पनि अनुसन्धान गरेर पत्ता लगाउन स्थानीयले माग गरेका छन्।
प्रकाशित: ६ माघ २०७६ ०७:४० सोमबार