४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

खोटाङ– खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। हलेसीबाट रावाबेँसी गाउँपालिकाको रभुवातर्फ जाँदै गरेको ना ५ त ७१५४ नम्बरको रित्तो ट्याक्टर मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी सडक खण्डको ऐसेलुखर्कमा दुर्घट्ना हुँदा चालक उदयपुर त्रियुगा नगरपालिका–६ जलजले घर भएका २८ वर्षीय देवनारायण चौधरीको मृत्यु भएको हो। आईतबार राती १ बजे भएको दुर्घट्नामा ट्याक्टरले च्यापिएर चालक चौधरीको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए।

अनियन्त्रित भएको ट्याक्टर सडकबाट करिब २५ मिटर तल खसेको छ। दुर्घट्नामा रौतहट चन्द्रनिगाहपुर घर भइ हलेसीमा व्यवसाय गर्दैआएका २० वर्षीय राजु शाह घाईते भएका छन्। उनलाई उपचारका लागि स्वास्थ्य संस्था पठाइएको प्रहरीले जनाएको छ। ट्याक्टर दुर्घट्नाको कारण पत्ता लाग्न सकेको छैन ।

प्रकाशित: ६ माघ २०७६ ०५:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App