२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

एमसीसीको विरोधमा जाजरकोटमा जुलुश

एमसीसीको विरोधमा उपस्थित नागरिकहरु। तस्वीर –जनक/नागरिक

जाजरकोट - अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको हितमा नभएको भन्दै जाजरकोटमा विरोध प्रदर्शन गरिएको छ। जाजरकोटमा नागरिक समाज र स्थानीय युवाहरुको संयुक्त आयोजनामा विरोध प्रदर्शन गरिएको हो।

नेपालको सुरक्षा, सार्वभौमसत्ता र स्वाधिनतामा असर पार्ने खालको  कार्यक्रम भएकोले एमसीसी नेपालमा लागु गर्न नहुने  विरोधमा उत्रेकरुले  बताए ।  विगतमा नेपालको हित र विकासको नाममा गरिएका सन्धी र सम्झौताहरुले  नेपाली जनतालाई पटक पटक धोका दिएको र नेपालको राष्ट्रियतालाई  दुखाइरहने गरेको तितो अनुभवका कारण  एमसीसी नेपालको संसदवाट अनुमोदन गर्ने र नेपालमा लागु गर्ने दुवै काम गर्न नहुने  उनीहरुको  भनाइ थियो।

सदरमुकाम खलंगाको ठाँटीवजारस्थित  वरको चौतारीमा  आयोजित  विरोध कार्यक्रममा बोल्ने वक्ताहरुले  ठूलो सहयोग रकम आउने निहुमा देशको हित र स्वाभिमान दाउमा राख्न नहुने भन्दै   नेपाल सरकार,  प्रमुख राजनैतिक दल, संसद र अन्य सरोकारवानलाहरुलाइ एससीसीको विपक्षमा उभिन आग्रह गरे।

कार्यक्रममा  नागरिक अगुवा राजेन्द्रविक्रम शाह, नेपाल पत्रकार महासंघ जाजरकोटका पुर्व अध्यक्ष जनक केसी, पुर्व सहायक मन्त्री झलकनाथ वाग्ले, जाजरकोट उध्योग वाणिज्य संघका अध्यक्ष कर्णवहादुर खत्री र युवा उद्यमी अर्पण रावलले  एमसीसी नेपालको हितमा नभएको  भन्दै  यसलाई  नेपालको सरकारले अस्वीकार गर्नुपर्ने बताए। विगतमा भारतसंग भएका केही सम्झौताहरुले  कालापानी, लिम्पियाधुरा, लिपुलेख लगाएतका  क्षेत्रमा नेपालको  स्वाधिनता र स्वाभिमानमा धक्का पुरयाउने गरि भएका  तिता घटनालाइ निविर्सन उनीहरुले नेताहरुलाइ आग्रह समेत गरे।

प्रकाशित: ४ माघ २०७६ ०८:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App