१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

विमानस्थलमा प्रहरी र आस्था राउतबीच के भएको थियो ? (भिडियो)

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा चेकजाँचको विषयमा टिप्पणी गरेपछि गायिका आस्था राउत विवादमा तानिइन्। उनले फेसवुकमा चेकजाँचको विषयलाई लिएर एउटा भिडियो पोष्ट गरिन्। सामाजिक सञ्जालमा उनको पक्षविपक्षमा जनमत बाँडियो। प्रायले उनलाई सुरक्षाकर्मीमाथि यस्तो हल्ला शव्द प्रयोग नगर्न सुझाव दिए। महिला प्रहरीले आफुलाई मर्यादित व्यवहार नगरेको उनले दावी गरिरँहदा विमानस्थलको भिडियो सार्वजनिक भएको  छ।   

सार्वजनिक भएको फुटेजमा गायिका राउत र महिला प्रहरीबीच केही विवाद भएको देखिन्छ। राउतले एक्सरे मेसिनमा झोला राख्छिन। हातमा कफिको ग्लास लिएकी उनी मेटल डिटेक्टिङ मेसिनतर्फ आउँछिन्। उनको कफी महिला प्रहरीले एकातर्फ राख्दै ज्याकेट खोल्न लगाउँछिन्। राउतले ज्याकेट एक्सरेमा राखेर आउँछिन् तर उनी अली आक्रोसित मुडमा भिडियोमा देख्न सकिन्छ। चेकजाँच पछि प्रहरीले राउतलाई कफि दिएको देखिन्छ तर उनले त्यसलाई लैजान खोज्‍दिनन्। टेवलमा कफिको कप दुवैले एक अर्कातर्फ धकेल्छन्। प्रहरीले कपलाई झोलामा हालिदिन खोजेको पनि देखिन्छ तर राउतले त्यसलाई टेवलमै छोडेर हिँड्छिन्।

यता आस्था राउतमाथि प्रहरीमा उजुरी परेको छ। ड्युटीको क्रममा राउतले अभद्र व्यवहार गरेको भन्दै प्रहरी जवान रमिता श्रेष्ठले जाहेरी दिएकी हुन्।

 

प्रकाशित: ३ माघ २०७६ ११:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App