१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आँखाको ज्योति फर्केपछिको खुसी

रामेछाप- लामो समयदेखि आँखाको दृष्टि शक्ति कमजोर रहेका जिल्लाको लिखु तामाकोशी गाउँपालिका २ सैपुका बुद्ध दम्पतीको एकै साथ आँखाको सल्यक्रिया भयो। सल्यक्रिया पश्चात आँखा देख्न सक्ने भएपछि उनीहरु खुसीले दंग छन्। उनीहरु खुसीले दंग मात्र परेनन, उपचारमा संलग्न स्वास्थ्यकर्मी र विदेशी सँगै सबै विरामीका अगाडि खुसीले एकैसाथ नाचे पनि। सामुदायिक आँखा केन्द्र्र मन्थलीमा सोमबारदेखि संचालन गरिएको ३ दिने आँखा शिविरमा आँखाको अप्रेशन भए पश्चात ८४ बर्षिय रुद्र बहादुर पौडेल र उनकी श्रीमति ८२ बर्षिया रुद्रमाया पौडेल निकै खुशी देखिएका थिए। आँखामा ज्योति फर्किएपछिको खुसी उनीहरुको अनुहारमा झल्किएको थियो।

                'विगत ४ बर्षदेखि आँखाको देख्ने कमजोर बनेर चिन्तित थिए अब त बुढेसकालमा पनि केही देख्न  सक्ने भए', रुद्र बहादुर पौडेलले भने।कम खर्चमा नै आँखा देख्न सक्ने भएकोमा आफूहरु खुसी बनेको पौडेल दम्पतिले बताए।    

तिलगंगा आँखा प्रतिष्ठान, जिल्ला सामुदायिक आँखाकेन्द्र मन्थली, तामकोशी अस्पताल र रामेछाप नगरपालिकाको संयुक्त आयोजनामा भएको उक्त आँखा शिविरमा १ सय ५६ जनाको मोतिया विन्दुको अप्रेशन गरिएको थियो।  शिविरमा तिलगंगा आँखा प्रतिष्ठानका बरिष्ठ नेत्र रोग बिशेषज्ञ सन्दुक रुइत सहितको टोलीले आँखाको अप्रेशन गरेका थिए।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App