५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

जलवायु परिवर्तनका प्रभाव न्यून गर्न सम्झौता

काठमाडौं – नेपालमा जलवायु परिवर्तनसम्बन्धी परियोजनामा लगानी गर्न हरित जलवायु कोषर वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सम्झौता भएको छ। सम्झौताले जलवायु परिवर्तनसँग सम्बन्धित परियोजनामा लगानी जुटाउन नेपालले कोषको आर्थिक स्रोत परिचालन गर्न सक्ने बाटो खोलेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतरहेको केन्द्रलाई सम्झौतामा हस्ताक्षर गर्न पुस २१ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको थियो। केन्द्र यस कोषमा सोझै पहुँच पाउने नेपालको पहिलो निकाय बनेको छ। सम्झौतापछि केन्द्रले ५ अर्ब रूपैयाँसम्मका परियोजना कार्यान्वयन गर्न सहयोग पाउने बाटो खुला भएको केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले बताए। ‘यो सम्झौताले न्यून कार्बनर जलवायु परिवर्तन समानुकूलनका कार्यक्रम तथा परियोजनामा लगानी जुटाउन थप अवसर प्रदान गरेको छ,’ उनले भने।

सम्झौतापछि केन्द्र आफैं वा अन्य निकायमार्फत जलवायु परिवर्तनसम्बन्धी सरकारको प्राथमिकतामा परेका क्षेत्रहरूमा कोषको आर्थिक सहयोग परिचालन गरी कार्यक्रम कार्यान्वयन गर्न सक्नेछ। केन्द्रले आगामी दिनमा कोषसँग समन्वय गरी जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरण गर्ने नवीकरणीय ऊर्जार ऊर्जा दक्षतासम्बन्धी परियोजनाको प्रस्ताव बनाई कोषमा पेस गर्ने तयारी गरेको केन्द्रका निर्देशक नवराज ढकालले बताए।

उनले हाल ११ वटा यस्ता परियोजना समेटी कार्ययोजना बनाएर अर्थ मन्त्रालय तथा कोषमा पेस गरिएको छ। केन्द्रले दुईवटा सम्भाव्य परियोजनाको अवधारणा तयार गरेकोमा खाना पकाउने स्वच्छ ऊर्जा सम्बन्धी परियोजनाको प्रस्ताव अर्थ मन्त्रालयबाट सिफारिस भई कोषमा पेस भइसकेको छ। ढकालका अनुसार केन्द्रले ती दुईवटा परियोजनाको विस्तृत प्रस्ताव यसै आर्थिक वर्षको अन्त्यसम्ममा कोषमा पेस गर्नेछ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले देशमा नवीकरणीय ऊर्जा प्रविधिर ऊर्जा दक्षताको प्रवद्र्धन गर्दै जलवायु परिवर्तनको अनुकूलनर न्यूनीकरणमा योगदान पु-याएको छ।

प्रकाशित: २ माघ २०७६ ०२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App