३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

‘बालबालिका नीति छिट्टै परिमार्जन हुन्छ’

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बालबालिका सम्बन्धि राष्ट्रिय नीतिलाई छिट्टै परिमार्जन गर्ने बताएका छन्। बालबालिका सम्बन्धि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउने कामलाई अघि बढेको उनको भनाइ थियो। आगामी वर्षको कार्यक्रमलाई प्रभावाकारी बनाउन आवश्यक सुझाव दिन सरोकारवालालाई मन्त्री गुरुङले आग्रहसमेत गरेका छन्।

सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा ‘बाल अधिकारका लागि राष्ट्रिय अभियान’ का पदाधिकारीसँगको सामूहिक भेटमा उनले बाल अधिकारको नाममा गलत काम गर्ने कुनै पनि सरकारी तथा गैर सरकारी संस्थालाई कडा कारबाही गरिने बताए। ‘बाल अधिकारको नाममा कुनै पनि गलत काम भएको फेला परेमा हामी कडा कारबाही गछौं,’ मन्त्री गुरुङले भने, ‘त्यसका लागि आवश्यक नीति, ऐन, कानुन परिमार्जनका गर्ने तयारीमा छौं आवश्यक सुझाव दिन म सबै सरोकारवालालाई आग्रहसमेत गर्दछु।’

उनले बालबालिका सम्बन्धि काम गर्ने सम्पूर्ण गैरसरकारी संस्थाहरूलाई सरकारसँग आवद्ध भएर मात्रै आफ्ना कार्यक्रम सञ्चालन गर्न निर्देशसमेत दिएका छन्। आफूखुसी कुनै पनि संस्थाले काम गर्न नपाउने गरेर नियम बनाउन लागिएको उनले जानकारी दिए।

भेटमा अभियानका संयोजक प्रविण सिलवालले बालबालिका सम्बन्धि अहिले रहेका ऐन, नियमहरूको प्रभावकारी कार्यान्वयनमा गर्न मन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए। नियम बनाएर मात्रै नहुने भएकाले कार्यान्वयनमा जोड दिन उनले आग्रह गरे।

प्रकाशित: २९ पुस २०७६ ०३:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App