५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

भिजिट मधेश नेपाल-२०२०’ सञ्चालन हुने

काठमाडौं- नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले ‘भिजिट मधेश नेपाल–२०२०’ घोषणा गरिएको छ। नेपाल आएका विदेशी पर्यटकलाई मधेश भ्रमण गराउने ध्येयले सो घोषणा गरिएको हो।

भिजिट मधेश नेपालद्वारा मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा ‘भिजिट मधेश डटकम’ र भिजिट मधेश नामक मोबाइल एप्प शुरुआत गरिएको छ। तराई मधेसको फरक हावापानी, पर्यावरण, ऐतिहासिक, पुरातात्विक, धार्मिक एवं प्राकृतिक सम्पदा र धरोहरहरुले पर्यटकलाई झन् आकर्षित गर्न मद्दत गर्ने विश्वास गरिएको छ।

तराई मधेसका २२ वटै जिल्लालाई जोड्ने गरी नागरिकस्तरबाट ‘भिजिट मधेस नेपाल’ अभियान दुई वर्षदेखि जारी रहेको जनाइएको छ। पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ, 'तराई–मधेशका पर्यटकीय गन्तव्य, संस्कृति, खानपान, रहनसहन, भेषभूषा एवं विशेषतालाई विभिन्न किसिमको कार्यक्रम सञ्चालन गरी राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा प्रवद्र्धन एवं चिनाउँदै अगाडि बढिरहेको छ।'

प्रकाशित: २३ पुस २०७६ ०६:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App