coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हेलम्बुमा हिमपात (फोटो फिचर)

तस्बिर सौजन्य : ग्याल्मु र लोप्साङ्ग दोर्जे

काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बुमा भारी हिमपात भएको छ। शुक्रबारदेखि त्यहाँ हिमपात सुरु भएको हो। हिमपातका कारण जनजीवन कष्टकर बनेको छ भने विद्यालयहरु बन्द भएका छन्। मेलम्ची घ्याङ विद्यालयका सहायक प्रधानाध्यापक टिकाराम लिम्बुका अनुसार माथिल्लो क्षेत्रमा तीनदेखि ५ फिटसम्म हिउँ परेको छ भने तल्लो क्षेत्रमा तीन इन्चसम्म हिउँ जमेको छ।

हिमपातका कारण बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन्। हिमपातका कारण चौरीलाई घाँसको समस्या भएको छ। हिउँ परेका कारण चौरी लगायत चौपायाको लागि समस्या भएको हो।

हिमपातले किसानहरुमा भने खुसियाली छाएको छ। समयमै हिमपात भएपछि अन्नवाली राम्रो हुने उनीहरुको विश्वास छ। 'खेतीवाली यसपटक राम्रो होला भन्ने आशा गरेका छौं', स्थानीय कामी लामाले भने, 'समयमै हिउँ पर्दा किसानहरुमा खुसी छाएको छ।'

हेलम्वु प्रशिद्ध पर्यटकीय स्थल पनि हो। काठमाडौंबाट ८१ किलोमिटर उत्तरमा पर्ने हेलम्बु हिउँ परेपछि पर्यटकका लागि झन् आकर्षक भएको छ। रोलवालिङ, लाङटाङ हिमाल र गणेश हिमालको दृष्यावलोकनका लागि समेत हेलम्बु प्रशिद्ध छ।

 

 

तस्बिर सौजन्य : ग्याल्मु र लोप्साङ्ग दोर्जे
तस्बिर सौजन्य : ग्याल्मु र लोप्साङ्ग दोर्जे
तस्बिर सौजन्य : ग्याल्मु र लोप्साङ्ग दोर्जे
तस्बिर सौजन्य : ग्याल्मु र लोप्साङ्ग दोर्जे
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App