८ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा २ जनाको मृत्यु, ३ घाइते

उदयपुरमा स्कुल बस र अटो एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

सोमबार बिहान ९ः४५ बजे बेलका नगरपालिका–५ जहडामा लालबजारतर्फ आउँदै गरेको को.प्र.०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको को १ ख ३५१६ नम्बरको बस एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा पाँच जना घाइते भएकोमा दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेहरुमा बेलका नगरपालिका–५ मैनी बस्ने ३४ वर्षीया मन्दिरा मगर र अटोमा सवार नाम, उमेर र ठेगाना नखुलेकी महिला रहेको प्रहरीले जनाएको छ।

उनीहरुको वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा अस्पतालमा उपचारको क्रममा ११ः ४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, घाइते हुनेहरुमा अटो चालक बेलका नगरपालिका–५ मैनी बस्ने २८ वर्षीय ईन्द्र थापा मगर, सोहि स्थानका १८ वर्षीय रोशन मगर र मोरङ विराटनगर महानगरपालिका–१२ बस्ने १९ वर्षीय अजित गुरुङ रहेका छन्।

अटो चालक र १८ वर्षीय मगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरुको वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

प्रहरीले स्कुल बस र चालक बेलका नगरपालिका–५ घुम्ने बस्ने ३६ वर्षीय विक्रम थापालाई नियन्त्रणमा लिई यसबारे अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: ८ भाद्र २०८३ १३:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App