२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

फरार अभियुक्त दुई वर्षपछि पक्राउ

उदयपुर– उदयपुरका एक फरार अभियुक्त दुई वर्षपछि पक्राउ परेका छन्।

जिल्लाको चौदण्डीगढी नगरपािलका ५ का २० वर्षीय गुल्जर मिया चोरी आरापमा अदालतबाट दोषी ठहर भए पनि फरार थिए। उनी बुधबार पक्राउ परेको प्रहरीले जनाएको छ। 

इलाका प्रहरी कार्यालय बेलटारको टोलीले उनलाई पक्राउ गरी जिल्ला प्रहरीमार्फत अदालतमा बुझाएको छ। ०७४ जेठ २३ गते चोरी गरेको अभियोगमा मियालाई १ महिना कैद र ५ हजार जरिवानाको फैसला जिल्ला अदालतले सुनाएको थियो। तर, फैसलालगत्तै सम्पर्कविहीन हुन पुगेका उनी प्रहरीको खोजी सूचीमा थिए। 

गाउँमै लुकिछिपी बस्दै आएको सुराकीको आधारमा उनलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ। पक्राउलगत्तै प्रहरीले मियालाई जिल्ला अदालत बुझाइएकोमा अदालतले कैद भुक्तानका लागि कारागार चलान गरेको जनाएको छ।

प्रकाशित: १० पुस २०७६ ०८:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App