खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका दुई विद्यालयका ५० विद्यार्थीलाई खेलकुद तथा शैक्षिक सामग्री प्रदान गरिएको छ।
स्वर्गीय अभिभावक डम्बर सिंह (भूमिराज) राई स्मृति प्रतिष्ठानले हिमालय आधारभुत विद्यालयका ३४ जना र पुःनर्स्थापित प्राविका १६ छात्र छात्रालाई खेलकुद तथा शैक्षिक सामग्री प्रदान गरेको हो।
२०७५ सालमा स्थापना गरिएको प्रतिष्ठानले आईतबार विद्यालयमै कार्यक्रम गरेर विद्यार्थीलाई एक/एक वटा झोला तथा खेलकुदका सामग्री प्रदान गरेको हो।
हिमालय आधारभूत विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष रहेका डम्बर सिंह (भूमिराज)को आमासयमा भएको क्यान्सरका कारण २०७५ साल पुस १६ गते मृत्यु भएको थियो।
उनकै स्मृतिमा बनाइएको प्रतिष्ठानकातर्फबाट विद्यार्थीलाई शैक्षिक तथा खेलकुदका क्षेत्रमा प्रोत्साहित गर्न झोला र खेलकुदका सामग्री प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष सन्जयकुमार राईले बताए।
ज्येष्ठ नागरिकलाई सम्मान
प्रतिष्ठानले वडाका सबैभन्दा ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। वडाकै ज्येष्ठ नागरिककारुपमा १९८० साल जेठ ८ गते जन्मिएकी कृष्णकुमारी थापालाई सम्मान गरेको हो। ज्येष्ठ नागरिकलाई घरैमा पुगेर दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरिएको हो।
प्रकाशित: ७ पुस २०७६ ०६:३० सोमबार