४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पाँच टन फोहर सङ्कलन

मध्यपुरथिमि- हनुमन्ते नदी सरसफाइ अभियानको ९५औँ हप्ता अन्र्तगत मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरबाट सूर्यविनायक नगरपालिका–२ बालकोट जाने फलामे पुल क्षेत्रमा आज सरसफाइ गरिएको छ।
 
सफाइ अभियान अन्तर्गत यस क्षेत्रमा गरिएको हनुमन्ते नदी सफाइमा आज पाँच टन फोहर सङ्कलन भएको छ। मध्यपुरथिमि र सूर्यविनायकको सिमाना भएर बग्ने हनुमन्ते नदीको यो क्षेत्रमा यसअघि सफाइ गरिए पनि स्थानीयवासीले फेरि फोहर फ्याल्दा उक्त फोहर सङ्कलन भएको हो।

अभियानमा वीरदल गणका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सामाजिक सङ्घसंस्थाका टोली एवं प्रतिनिधिलगायतको सहभागिता थियो।

प्रकाशित: ५ पुस २०७६ ०९:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App