२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अकुपाईं टुँडिखेलः शनिबार खुलामञ्चको सरसफाई गरियो

काठमाडौं - अकुपाईं टुंडिखेल अभियान अन्तर्गत शनिबार खुलामञ्चको सरसफाई गरिएको छ। अभियानको छैठौँ हप्तामा 'सफा, स्वच्छ खुला मञ्च कायम गरौँः खुला मञ्चको फोहोर कसिंगर जरै देखि उखेलेर फालौँ’ भन्ने नारासहित सरसफाई गरिएको हो। टुंडिखेल टुंडिखेलजस्तै हुनु पर्छ भन्ने भावनाले अभियान सञ्चालन भएको काठमाडौं महानगरपालिका २८ का वडाध्यक्ष भाइराम खड्गीले बताए।

अकुपाईं टुंडिखेल अभियान कसैको विरोध वा समर्थनमा नभएको उनको भनाई छ। वडाध्यक्ष खड्गीले सम्बन्धित वडाध्यक्षहरुलाई आ—आफ्नो क्षेत्रमा सरसफाई गर्न मेयरले निर्देशन दिनुपर्नेमा अभियानका बारेमा गलत टिप्पणी गर्न नमिल्ने बताए।

अकुपाई टुंडिखेल अभियानका अभियान्ता सुशन वैद्यले खुल्लामञ्च महानगरको एकलौटी सम्पत्ति नभएको बताए। सार्वजनिक स्थानमा पद र शक्तिमा भएका व्यक्तिले सरसफाई लगायतका काम गर्नुपर्ने बताउँदै उनले तीन करोड नेपालीको हक लाग्ने सम्पत्तिलाई महानगरले भाडा लगाउन नमिल्ने बताए।

अकुपाईं टुंडिखेल अभियान अन्तर्गत यसअघि टुंडिखेलको सांस्कृतिक, ऐतिहासिक, सामाजिक तथा राजनीतिक महत्वमाथि केन्द्रित रहेर कार्यक्रम सञ्चालन भएका थिए। टुंडिखेलमा बसपार्क, अनधिकृत पसल सञ्चालन गरिएपछि यसको विरुद्धमा अभियान सञ्चालन गरिएको हो। अभियान विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै आगाडी ६ हप्तासम्म अझै जारी रहनेछ।

प्रकाशित: २८ मंसिर २०७६ ०७:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App