१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

लैङ्गिक हिंसाविरुद्ध प्रवचन

भक्तपुर- वागीश्वरी कलेज भक्तपुरमा १६ दिने महिला हिंसाविरुद्धको अभियानको अन्तिम दिन महिला हिंसाविरुद्ध प्रवचन कार्यक्रम गरिएको छ। समानताको पुस्ता–कलात्कारविरुद्धको ऐक्यबद्धता यस वर्षको नारा तय गरेको छ।

कार्यक्रमका पूर्व सभासद् अनुराधा थापामगरले देशमा मौलाएको पूँजीवादी व्यवस्थामा १६ दिन मात्र नभई तीन सय ६५ दिन नै यस्तो कार्यक्रम गरे पनि प्रभावकारी नहुने दावी गरिन्। उनले महिलाहरुप्रति हुने हिंसा अन्त्य गर्न समाजवादी व्यवस्था अपरिहार्य छ भनिन्। समाजवादी देश क्युवामा महिलाहरु एकदमै सुरक्षित रहेको जानकारी उनले दिइन्।

अधिवक्ता अनिता जधारीले नेपालमा मात्र नभई विश्वमै महिला हिंसा भएको बताइन्। १६ दिने महिला हिंसाविरुद्धको कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै उनले बलात्कृत नारीहरुको सशक्तिकरणको निम्ति लैङ्गिक हिंसा अन्त्य नगरी समानता कायम हुन सक्दैन भनिन्।

नेपालको कानूनमा महिला हिंसा गर्ने जो कोहीलाई पनि राज्यले ३ देखि २५ हजार जरिवाना गर्नुका साथै ६ महिनासम्म कैदको व्यवस्था गरेको उनले जानकरी दिइन्। महिला हिंसाविरुद्ध कानूनी समाधानका लागि पीडितले सुरुमा पारिवारिक, त्यसपछि सामाजिक, प्रहरी र अदालतमा जानुपर्ने उनले बताइन्। कलेजका संयोजक ज्ञानसागर प्रजापति, कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, विद्यार्थी कृपा प्रजापतिलगायतले महिला हिंसाको विरोध आवश्यक भएको बताए।

प्रकाशित: २६ मंसिर २०७६ १४:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App