१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

रारामा टेलिकमको फोरजी सेवा

रारा तालको माथिल्लो भाग हुटुमा राखिएको नेपाल टेलिकमको टावर ।

सुर्खेत- कर्णाली प्रदेशकै प्रमुख पर्यटकीयस्थल रारामा नेपाल टेलिकमले द्रूतगतिको फोरजी सेवा सञ्चालनमा ल्याएको छ।

नेपाल पर्यटन वर्ष–२०२० लाई लक्षित गरेर बिहीबारदेखि मुगुको रारामा फोरजी सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकम सुर्खेतका लेखा अधिकृत विमल पोखरेलले जानकारी दिए।
 
टेलिकमले राराको हुटुमा फोरजीको टावर राखेको छ । उनले एक हजार आठ सय मेगाहर्जमा फोरजी सेवा सुरु गरिएको बताए।

‘रारा आउने पर्यटकहरुलाई सहज र छिटो इन्टरनेट सुविधा दिने उद्देश्यले फोरजी सेवा सञ्चालनमा ल्याएका हौं,’ उनले भने, ‘यो सेवाले रारामा पुग्ने पर्यटकहरुलाई सामाजिक सञ्जाल प्रयोग गर्न, आफूले खिचेका फोटो तथा भिडियोहरु तत्काल सामाजिक सञ्जालमा राख्न सहज हुनेछ।’

फोरजी सेवा सञ्चालनमा आएसँगै विकट मध्येको एक मुगुका बासिन्दाले पनि उच्च गतिको मोबाइल इन्टरनेट सेवा प्रयोग गर्न पाउने भएका छन्।


 

प्रकाशित: १९ मंसिर २०७६ १३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App