१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

जनपत्रकार संगठनले सुदूरपश्चिममा सुरु गर्‍यो आधारभूत पत्रकारिता तालिम

काठमाडौं - जनपत्रकार संगठन नेपालले जनपक्षीय आधारभूत पत्रकारिता तालिमको सुरुआत गरेको छ। सेती महाकाली क्षेत्रीय समन्वय समितिको आयोजनामा बुधबारदेखि सुदूरपश्चिममा उक्त तालिमको उद्घाटन गरिएको हो। तालिम सञ्चालन भैरहेको ठाउँ भने संगठनले खुलाएको छैन। ५ दिनसम्म चल्ने तालिमको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का  केन्द्रीय सदस्य तथा सेती महाकाली ब्यूरो ईन्चार्ज ओमप्रकाश पुनले गरे।

तालिमको उद्घाटन शत्रमा नेता पुनले जनताका पक्षमा निर्भकता पूर्वक कलम चलाउन आग्रह गरे। जनपत्रकारले उत्पीडित जनताका पक्षमा कलम चलाउनु पर्ने उनको भनाइ थियो। तालिममा सहभागी प्रशिक्षार्थीलाई सक्रिय जनपत्रकार बन्न पनि उनले सुझाव दिए।

पछिल्लो समय नागरिकका अभिव्यक्ति स्वतन्त्रता खोसिएको बेला पत्रकार संगठनले देशभर चलाएको अभियानले सार्थकता पाउनेमा पुनले विश्वास व्यक्त गरे। नेपाली पत्रकारले राष्ट्रियता,जनजिवीका र जनअधिकारबारे गम्भीर बनेर कलम चलाउनु पर्नेमा उनले जोड दिए।

सोही शत्रमा जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले सुदूरपश्चिममा सशक्त र निडर जनपक्षीय पत्रकार उत्पादन गर्ने उद्दयेश्यले तालिम तालिमको आयोजना गरिएको बताए। कतिपय मिडिया र मिडियाकर्मीले सत्तापक्षीय गुणगान मात्रै गाएको आरोप लगाउँदै अध्यक्ष डुम्रेले जनपत्रकारले जनपक्षीयरुपमा कलम चलाउनु पुनमा जोड दिए।

कार्यक्रमको उद्घाटन शत्रमा नेकपाका पूर्व केन्द्रीय सदस्य देवीदत्त पाण्डे, जनपत्रकार संगठन नेपालका महासचिव हिम बिष्ट,कोषाध्यक्ष जानकी चौधरी लगायतको उपस्थिति थियो। संगठनले यसअघि विभिन्न जिल्लामा अन्तरक्रिया,तालिम तथा गोष्ठी सञ्चालन गरेको थियो। तालमिमा सुदूरपश्चिमका ९ जिल्लाका दुई दर्जन बढी प्रशिक्षार्थीहरुको सहभागीता छ।

प्रकाशित: १९ मंसिर २०७६ ०६:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App