१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

सर्वोच्चका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालत काठमाडौंका नायब सुब्बा सुधिरकुमार खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। सर्वोच्च अदालतमै सेवाग्राहीलाई अप्ठेरोमा पारी घुस मागेको भन्दै २ लाख ५० हजार रुपैयाँ मागदाबीसहित अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।

भ्रष्टाचार मुद्दामा पुर्पक्ष थुनामा रहेका देवजंग शाहीलाई धरौटीमा छुटाइदिने भनी घुसवापत रकमध्ये २ लाख ५० हजार मागेको र कानुन अनुसार आधा सजाय हुन मागदाबी गरिएको छ। ‘सर्वोच्च अदालत काठमाडौंमा कार्यरत तत्कालीन नायव सुव्बा सुधिरकुमार खड्काले आफ्नो पदीय आचरणविपरीतको कार्य गरी सर्वोच्चमा दर्ता भएको विचारधीन मुद्दाको बहाना बनाई सेवाग्राहीलाई अप्ठेरोमा पारी’ अख्तियारको आरोपपत्रमा भनिएको छ, ‘आफ्नो ओहोदाले काम नगरी सेवाग्राहीको सेवाग्राहीलाई परिबन्धमा पारी नियमानुसार हुने मुद्दालाई सहज बनाउने, पेसी छिटो राखिदिने र धरौटीमा छुटाइदिने भनी घुसररिसवत बापत २ लाख ५० हजार मागेकोले सजायमा आधा सजाय हुन मागदाबी लिइएको छ।’

त्यसैगरी अर्को विचाराधीन मुद्दामा सम्बन्धित मिसिल कागजातको प्रतिलिपी उपलब्ध गराइदिने बहानामा ९ हजार रुपैयाँ लिएको भन्दै खड्काविरुद्ध अर्को आरोपपत्र दर्ता गरिएको छ। घुसवापत लिएको रकम मागदाबीसहित विशेषमा आरोपपत्र दर्ता गरिएको अख्तियारले जनाएको छ।

प्रकाशित: १९ मंसिर २०७६ ०५:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App