२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

गढीमाई पञ्चवर्षिय मेलामा बलीको तयारी पूजा

बारा- महागढीमाई नगरपालिकाको बरियारपुरमा जारी रहेको गढीमाई पञ्चवर्षिय मेलामा दिने बलिको तयारी पूजा भएको छ। मंगलबार सत्मीको दिन  पञ्चबलिको रुपमा मुसा, बोका, पाठी (बाख्रा) परेवा, हंसको अण्डा गरि पाँच जिवलाई तयारी अवस्थमा राखिएको गढीमाई मान्दिरको पुजारी शिव चौधरीले बताएका छन्।

सोमबार राती १२ बजे देखि तान्त्रीक बिधीबाट १०/१२ जनाको समूहमा रहेको गढीमाई मन्दिरको पुजारीहरुले शुरुमा गर्ने र पूजा पाठ गर्दा गर्दै आफै बत्ती बले पछि पूजा सफल भएको हुने चौधरीले बताए।

‘सोमबार राती १२ बजे देखि शुरु गरिने पूजा घरमा गरिन्छ,’ चौधरीले भने, ‘घरमा पूजा गरिए पछि गढीमाईको मन्दिर भन्दा पूर्व रहेको ब्रह्म स्थामा आएर पूजा पाठ गरिने धार्मिक परमपरा रहेको छ।’

सोमबार १२ बजे देखि गरिने पूजापाठ मंगलबार बिहान ५/६ बजेसम्म चल्ने पुजारी चौधरीले बताए।

पूजापाठ गर्दा गर्दा बत्ति बले पछि पहिले पाँच बर्ष भन्दा बढि उमेर भएको बोका र जंगलबाट ल्याइएको मुसा, बच्चा अवस्थामा भएको हाँसको अण्डा , बाख्रा र परेवालाई ब्रह्म स्थानमा नै पञ्चवली दिने चौधरीले बताए।

पञ्चवली दिए पछि बलीको लागि ल्याइएको राँगाहरु मध्ये एउटा राँगाको बली आफैले दिएर पूजा पाठ गरे पछि गढीमाईलाई रागा बली दिने कार्य शुरु हुने चौधरीले बताए।

मंगलबार  रांगा बली दिएपछि र १८ गते बुधबार खसी, कुखुराको बली हुने उनले बताए।

भाखल पुरा भए पछि रागा बली 

भारत विहार शिवधरका शिव कुमार पासवानले  बरियारपुरमा रहेको गढीमाई पञ्चवर्षिय मेलामा बली दिनको लागि एउटा रागा ल्याएर बली व्यवस्थापन समितिको जिम्मा लगाएका छन्।

१७० किलोमिटर टाढाबाट रागा लिएर बरियारपुर आउँदा सीमा नाकामा रहेका भारतीय सुरक्षाकर्मीहरुले बलीको लागि रागा लैजान नहुने भनेर कडाई गर्दा आफु निराश बनेको पासवानले बताए।

सुर्वण गाउँपालिकाको सन्तपुर नाकाबाट ल्याई रहेको रागालाई  भारतीय सुरक्षाकर्मीले रोक्न खोजे पनि स्थानीयहरुको सहयोगमा अर्को बाटो प्रयोग गरि रागालाई गढीमाई मन्दिरसम्म ल्याइएको उनी सुनाए।

गढीमाई मेलामा बलीको लागि रागा र खशी ल्याउनको लागि मेला समितिले कसैलाई नभने पनि र भाखल पुरा भएका श्रद्धालुहरुले ल्याउने रागालाई बली दिए पछि त्यसलाई व्यवस्थापन गर्ने जिम्मेवारी समितिलाई रहेको गढीमाई पञ्चवर्षिय मेला समितिका महासचिव मोतिलाल कुसवाहाले बताए।

प्रकाशित: १६ मंसिर २०७६ १२:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App