१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

पशुपति क्षेत्र विकास कोषलाई विद्युतीय सवारी साधन हस्तान्तरण

काठमाडौं– भारतीय महिला संघ काठमाडौंले पशुपति क्षेत्र विकास कोषलाई २ वटा विद्युतीय सवारी साधन उपलब्ध गराएको छ। भारतीय महिला संघका अध्यक्ष नम्रिता पुरीले उच्च गुणस्तरको लिथियम आयन ब्याट्री जडित आठ सिट क्षमताको २ वटा विद्युतीय सवारी साधन बुधबार एक कार्यक्रम गरी पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई हस्तान्तरण गरेका हुन्।

अध्यक्ष पुरीले पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने तीर्थयात्री र महिला, बालबालिका, वृद्धवृद्धा तथा अशक्त व्यक्तिहरुका लागि विद्युतिय सवारीसाधनहरु उपयोगी हुने बताउनुभयो । उहाँले भारत र नेपालका जनताबीच रहेको सांस्कृतिक तथा धार्मिक सम्बन्धलाई सुदृढ बनाउन सहयोग पु¥याउने विश्वास समेत व्यक्त गरे।

कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव ढकालले विद्युतिय सवारी साधन वृद्धवृद्धा तथा अशक्त तथा महिलाहरुका लागि उपयोगी हुने बताए।

प्रकाशित: ११ मंसिर २०७६ ०८:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App