१ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

विद्युत् चुहावट गर्ने १४ जना पक्राउ

महोत्तरी- नेपाल विद्युत प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वर महोत्तरीले विद्युत् चुहावट गर्ने १४ जनालाई पक्राउ गरेको छ। जिल्लामा विद्युत् चुहावट बढी भइरहेकोप्रति नेपाल विद्युत् प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वरले चुहावट नियन्त्रण अभियान चलाएपछि १४ जनालाई पक्राउ गरिएको सो कार्यालयले जनाएको छ।

विद्युत् कार्यालयको चुहावट नियन्त्रण अभियान टोलीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीको सहयोगमा १४ जनालाई पक्राउ गरिएको हो। टोलीले तीन थान पानी तान्ने मोटर, एलएडी टिभी एक थान, रेफ्रिजरेटर एक थान र तार १५० मिटरसमेत बरामद गरेको जनाइएको छ। विद्युत् चुहावट गर्दागर्दै पक्राउ परेका १४ लाई जरिवाना गरी छाडिने विद्युत् प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वरले जनाएको छ।

प्रकाशित: ३ मंसिर २०७६ ०९:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App