१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

'पशु बधस्थल सुधार गर्न कठिन’

काठमाडौं – घरधनी र मासु व्यवसायीबीच कुरा नमिल्दा महानगर क्षेत्रमा सञ्चालित पशु बधस्थल सुधार हुन नसकेको व्यवसायीले बताएका छन्। महानगरको कृषि तथा पशु सेवा विभागको अगुवाईमा गरिएको अनुगमनका सोमबार क्रममा व्यवसायीले घरधनीले जग्गा भाडामा नदिँदा समस्या भएको बताए। अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नागरिक न्यायिक उपभोक्ता मञ्च प्रतिनिधिसमेत सहभागी थिए।

गणेश रोय नेवाः क्वालिटी मिट सपका सञ्चालक सबिक शाहीले घरधनीले जग्गा भाडामा नलिगानी गर्न अन्योलमा हुने गरेको बताए। ‘आज लगानी गरेर संरचना बनाउँला, भोलि घरधनी वा जग्गाधनीले उठेर जा भन्लान् भन्ने डर छ,’ उनले भने। उनले व्यवसायीलाई लगानी सुरक्षाको चिन्ता रहेको उनले बताए।

महानगरको कृषि तथा पशु सेवा विभागका प्रमुख हरिबहादुर भण्डारीले यसको समस्या समाधान गर्ने बताए। उनले भने, ‘वडाको अगुवाइमा घरधनी र व्यवसायीबीचको समस्या पहिचान गर्छौं। यसरी पहिचान गरिएका समस्या समाधान गर्ने त्यसपछि कार्यक्रम तय गर्छौ। व्यवसायीले पहिलेभन्दा सुधार गर्न थालेको देखियो। तर, यसले पुग्दैन।’

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले अनुसन्धान गर्दै मासुजन्य खाद्यवस्तुको स्वच्छताका लागि महानगरले ठोस काम गर्नु पर्ने सुझाए। अनुगमन टोली सोमबार बिहान ५ बजे नै बिष्णुमती नदी किनारामा रहेका पशु बधस्थलमा पुगेको थियो। सुरुवातमा वडा १२ मा रहेको ह्युमत सामुदायिक पशु बधस्थलमा पुगेको थियो। अनुगमन क्रममा पशुको स्वास्थ्य, पशु बध गर्ने तरिका, मासु छुट्याउने तरिका, सरसफाइ, भण्डारण र ढुवानी पक्ष हेरिएको टोलीले जनाएको छ।

टोलीले काठमाडौं महानगरपालिका वडा १९ क्षेत्रमा भएका करिब १० बधस्थलको अवस्था हेरिएको थियो। अनुगमनका क्रममा रोगी भेटिएका पाडालाई समूहबाट छुट््याएर अलग्याएको थियो। यी स्थानमा बध गर्ने तरिका, सरसफाइजस्ता आधारभूत पक्षमा नै कमजोरी भेटिएको टोलीले जनाएको छ।

प्रकाशित: ३ मंसिर २०७६ ०२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App