१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बालिका बलात्कार अभियोगमा ७ वर्ष कैद

जिल्ला अदालत उदयपुर। तस्विरः महेश्वर/नागरिक

उदयपुर- उदयपुरकी एक बालिकामाथि बलात्कार गरेको अभियोगमा एक युवाले ७ वर्ष कैद र नगद जरिवानाको सजाय भोग्नुपर्ने भएको छ। १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका त्रियुगा नगरपालिका ९ गहिरुनका २५ वर्षीय विनोद परियारलाई ७ वर्ष कैद र १५ हजार रुपैंयाँ क्षतिपूर्ति भरण पोषणको फैसला सुनाइएको हो।

जिल्ला अदालत उदयपुरका न्यायाधीश दिपक खनालको एकल इजालसले परियारलाई कैद र जरिवाना तिराउने फैसला सुनाएको स्रेस्तेदार राजकुमार आचार्यले बताए। गएको २०७५ माघ २९ गते बालिकालाई बलात्कार गरेको आरोप लगाउँदै पीडितपक्षले फागुन १ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको थियो।

पीडितको जाहेरी अनुसार प्रहरीले परियारलाई बलात्कार अभियोगमा फागुन २६ गते गते पक्राउ गरी अनुसन्धान थालेको थियो। जिल्ला अदालतले चैत २४ गते पुर्पक्षका लागि परियारलाई थुनामा राख्ने आदेश दिएको थियो। अदालतको फैसला अनुसार परियारलाई कारागार चलान गरिएको जनाइएको छ।

 

प्रकाशित: २९ कार्तिक २०७६ १०:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App