coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

राजपुर बमकाण्डका पीडित सुरक्षाको माग गर्दै अदालतमा

रौतहट- रौतहटको राजपुर फरहदवामा करिब १२ बर्ष अघि भएको बम विस्फोट सम्बन्धी मुद्दाको थुनछेक बहस चलिरहे कै बेला बम विस्फोट घटनामा परी घाइते भएका एक जना पीडितले आफु असुरक्षित भएको भन्दै अदालतको शरणमा पुगेका छन्।

बमकाण्डका मुख्य आरोपि महम्द अफताव आलमको थुनछेक बहस चलिरहेको क्रममा आलमका मान्छेहरुले अपहरण गरी बयान फेर्न दवाव दिएपछि बम विस्फोटमा परी घाइते भएका पीडित भारत विहार राज्य सितामढी जिल्ला ग्राम पञ्चायत मुसाचौक निवासी ४२ बर्षिय गौरी शंकर रामचमारले अदालत समक्ष लिखित रुपमै आफ्नो सुरक्षाको माग गरेका हुन्।

राजपुरमा भएको बम विस्फोटमा परी गम्भिर घाइते भएका चमारको दुवै कान पूर्ण रुपमा जलेको छ। उनको अनुहारको तल्लो भाग घाटीदेखि छातिसम्म पुरै जलेको छ। आलमलाई प्रहरीले पक्राउ गरीसकेपछि उनको उपचारमा भएको खर्च र उनलाई कारबाहीको लागि चमारले उक्त घटना आलमको योजनामा भएको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी समेत दिएका थिए।

आलमको थुनछेक बहस चलिरहेकै अवस्थामा ४/५ जनाको संख्यामा जिप लिएर घर मै गएका आलमका मान्छेहरुले चमारलाई अपहरण गरी चार दिनसम्म शिउहरको एक घरमा राखेर स्टोभ पड्केर अनुहार जलेको निवेदमा जवर्जस्ती सही गराएर अदालतमा पेश गरेका थिए। तर अदालतले उक्त निवेदन दर्ता गरेको छैन।

प्रहरीले तत्काल चमारलाई नियन्त्रमा लिएको भोलिपल्ट उनले सञ्चारकर्मीसँगको भेटमा आलमका मान्छेले अपहरण गरेर बयान फेर्न लगाएको सार्वजनिक गरेका थिए। उनले आफू स्टोभ पड्किएर नभइ २०६४ सालमा राजपुरको फरहदवामा भएको बम विष्फोटमा परेर घाइते भएको पनि प्रष्ट्याएका थिए।

थुनछेक वहस जारी

राजपुर बम कान्डका मुख्य आरोपि अफताव आलमको थुनछेक बहस सकिएको छैन्। कात्तिक २१ गतेदेखी जिल्ला अदालतमा सुरु भएको बहस कार्तिक २८ सम्म पनि सकिएको छैन। बहस नसकिएकाले बहस केही दिन अझ लम्बिने भएको कारण आदेश आउन अझै समय लाग्ने देखिएको छ। कार्तिक २१ र २२ गते सरकारी वकिलहरुले बादीको तर्फबाट आलमलाई थुनामा राखि कारबाही अगाडि बढाउन माग गरेका थिए।

त्यसपछि सरकारी विदाको कारण आलमतर्फको बहस कार्तिक २५ गतेदेखि सुरु भएको थियो। आलमको बचाउको लागी काठमाडौं र जिल्लाका गरी ४१ जना कानुन व्यावसायीले वकालत नामा दर्ता गराएका छन्।

प्रकाशित: २८ कार्तिक २०७६ १३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App