१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

वनस्पति संरक्षणमा विभाग र विज्ञको हालेमालो जरुरी

काठमाडौं – नेपालका पहिलो बोटानिष्ट प्रयायराज पाण्डे फाउण्डेसनले आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सवका अवसरमा आयोजना गरेको अन्तरक्रियामा विज्ञहरुले वनस्पति तथा प्रकृति संरक्षणमा जोड दिनुपर्ने बताएका छन्।

]सो अवसरमा बोल्दै वनस्पतिविद् डा. केशवराज राजभण्डारीले राष्ट्रिय हर्बेरियमा काम गर्दाका अनुभव स्मरण गर्दै वनस्पति विभागको स्थापनामा प्रयागराज पाण्डेको योगदान रहेको तथा उनको पालमा थालिएको नेपाल फ्लोरा लेखनको काम पचास वर्षमा पनि अझै पूरा नभएको बताउँदै त्यो कामलाई पूर्णता दिन विभाग तथा विज्ञहरुले आआफ्नो तर्फबाट योगदान जारी राख्नुपर्ने बताए।

‘हालसम्म १ लाख ६० हजार प्रजातिका वनस्पतिको अभिलेखीकरण भए पनि त्यो काम अझै टुंगिएको छैन,’ राजभण्डारीले भने, ‘विदेशका संग्रहालयमा भएका नेपाली वनस्पतीको अभिलेखलाई पनि अध्ययन गर्दै नेपाल फ्लोराको कामलाई अघि बढाउनुको विकल्प छैन।’

कार्यक्रमका अर्का वक्ता प्रकृतिविज्ञान विद् डा. महेन्द्र गिरीले नेपालमा प्रकृति विज्ञानको महत्व सम्बन्धित निकायले बुझ्रन नसकेको बताउँदै यसको उत्थानका लागि विज्ञहरुले आआफ्नो ठाउँबाट पहल गरिरहनुपर्ने बताए। ‘हामीसँग प्राकृतिक सम्पदा छन् भनेर मात्र भएन। त्यसलाई संरक्षण तथा प्रवद्र्धन गर्न पनि योजनाबद्ध ढंगले अघि बढ्न अबेला भइसक्यो,’ गिरी भने।

कार्यक्रममा प्राणीविज्ञान विज्ञ डा. तोरणबहादुर कार्की, वनस्पति विभागका महानिर्देशक धनञ्जय पौडेल, डा. निर्मला गिरी, डा. विज्ञानराज पाण्डेलगायतले आआफ्ना धारणा राखेका थिए। कार्यक्रममा फाउन्डेसनले आयोजना गरेको विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो।

 

प्रकाशित: २१ कार्तिक २०७६ ०१:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App