६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

प्रधानाध्यापकको कामकाज नरोक्न अन्तरिम आदेश

खोटाङ– उच्च अदालत बिराटनगर अस्थायी इजलास ओखलढुंगाले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेस्थित लक्ष्मी माबिका नवनियुक्त प्रधानाध्यापक नयनकुमार राईलाई प्रअको रुपमा कामकाज गर्नबाट नरोक्न अन्तरिम आदेश दिएको छ।

प्रअ नियुक्तीको निर्णयलाई हस्तक्षेप गरेको भन्दै व्यवस्थापन समितिका अध्यक्ष शेषकुमार पौडेल र प्रअ राईले मुद्धा दर्ता गरेपछि अस्थायी इजलास ओखलढुंगाले हलेसी तुवाचुङ नगरपालिकालाई रिट निवेदनको अन्तिम टुंगो नलागेसम्मका लागि नवनियुक्त प्रअ नयनकुमारलाई प्रअका हैसियतमा कामकाज गर्न नरोक्न आदेश दिएको हो। 

न्यायधीश विदुरबिक्रम थापा र गणेशप्रसाद बरालको इजलासले नवनियुक्त प्रअ राईलाई प्रअकारुपमा कामकाज गर्न रोक्दा विद्यालयको शैक्षिक तथा दैनिक प्रशासनिक कामकाजमा अवरोध हुने र विद्यालय सञ्चालन गर्न समेत अवरोध पुग्ने देखिँदा सुविधा सन्तुलनको दृष्टिबाट काममा अवरोध नगर्न आदेश दिएको जनाइएको छ।

अन्तरिम आदेशको विषयमा छलफल गर्नुपर्ने भन्दै कात्तिक ६ गतेसम्मका लागि प्रअ राईलाई शैक्षिक तथा प्रशासनिक कामकाज गर्न दिन तथा कुनै बाधा अवरोध नगर्नका लागि उत्प्रेषण मिश्रित परमादेश दिएको अदालतले पुःन उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अर्को अन्तरिम आदेश जारी गरेको जनाएको छ। 

प्रअ नियुक्तीमा हस्तक्षेप गरेको भन्दै उनीहरुले नगरपालिकाको कार्यालय, वडा कार्यालय बडहरे लगायत विरुद्ध असोज ९ गते उत्प्रेरणा मिश्रित परमादेश शिर्षकको मुद्धा दर्ता गरेका थिए। प्रअका रुपमा काम गर्दैआएका ऋषीराम पोखरेलले गत फागुन २२ गते राजीनामा दिएपछि व्यवस्थापन समितिले पोखरेलको राजीना स्वीकृत गर्दै गत असार २६ गते राईलाई प्रअमा नियुक्त गरेको थियो।

प्रअ नियुक्तिमा असहमती जनाउँदै वडा कार्यालयले भदौ १ गते पत्राचार गरेकामा नगरपालिकाले नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार भदौ ११ गते प्रअ नियुक्तीको विधि र प्रकृयामाथि प्रश्न उठाउँदै निर्णय खारेज गर्न पत्राचार गरेको विद्यालयले जनाएको छ। प्रअ नियुक्तीमा विवाद भएपछि शैक्षिक वातावरणमा अशर पुगेको अभिभावकको गुनासो छ। 

 

प्रकाशित: १८ कार्तिक २०७६ ०८:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App