५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

मनमोहनमा प्रधानमन्त्री स्वास्थ्य जाँच

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली थप स्वास्थ्य परीक्षणका लागि आइतबार मनमोहन कार्डियो–थोरासिक, भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका छन् ।

उनी आफ्ना निजी चिकित्सकको निगरानीमा त्यहाँ पुगेका हुन् । निजी चिकित्सकद्वय दिव्या सिंह शाह र डा. अरुण सायमीको निगरानीमा उनलाई सेन्टर लगिएको थियो ।

प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएपछि गत बुधबार र बिहीबार ग्रान्डी अस्पतालमा डायलासिस गरिएको थियो ।शर्माको फोक्सोमा पानी जमेको आशंकामा आइतबार एक्सरे गरिएको थियो । एक्सरे रिपोर्ट हेरेपछि चिकित्सकले पानी जाँच गर्न आवश्यक नभएको निक्र्योल गरेका हुन् । ‘

फोक्सोको पानी जाँच्ने सोचले एक्सरे ग¥यौं । एक्सरेमा फोक्सोमा खासै खराबी देखिएन’, डा. सायमीले भने । स्वास्थ्य परीक्षणपछि पन्ध्र÷बीस मिनेटभित्रै उनी निवास फर्केका थिए । ओलीले शनिबार आफ्नो मिर्गौलामा समस्या आएको जानकारी गराएका थिए ।

आइतबार प्रधानमन्त्रीको ग्रान्डी अस्पतालमा हेमोडायलासिस गर्ने भनिए पनि उनी त्यहाँ नपुगेको ग्रान्डीका एक कर्मचारीले बताए । ‘प्रधानमन्त्री ग्रान्डी आउनुभएको छैन’, अस्पतालका बजार व्यवस्थापक दिनेश पौडेलले भने ।

प्रधानमन्त्री आइतबार दिनभरि विभिन्न बैठक र काममा व्यस्त भएको जानकारी उनका पे्रस सल्लाहाकार कुन्दन अर्यालले दिए । ‘आज दिनभरिमा उहाँले तीनवटा बैठकमा भाग लिइसक्नुभएको छ’, अर्यालले भने ।

अर्यालले पनि आइतबार मनमोहन सेन्टरमा पुगेर प्रधानमन्त्रीको फोक्सोको जाँच गरिएको बताए । ‘औषधिले नै फोक्सोको पानी सुकिसकेको देखिएपछि पानी जाँच गर्नुपरेन’, उनले भने । मिर्गौलाको पछिल्लो स्थितिबारेमा अन्य विशेषज्ञ चिकित्सकसँग समेत परामर्श गरेपछि मात्र भन्न मिल्ने अर्यालले बताए ।

प्रकाशित: १८ कार्तिक २०७६ ०४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App