२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

अन्वेषणका लागि तयारी अन्तिम चरणमा

डुंगेश्वर गाउँपालिका –१ चुप्रास्थित  अन्वेषणका लागि आउने प्राविधिक र कामदार बस्ने स्थल । तस्विर:नागरिक

दैलेख– दैलेखको पंचकोशी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषणका लागि क्याम बनाउने कार्य धमाधम चलिरहेको छ।

डुंगेश्वर गाउँपालिका –१ चुप्रास्थित वडा कार्यालयमै चिनियाँ टोलीले प्राविधिक र कामदार बस्ने क्याम्प बनाएका हुन्। हप्तादिनमै शौचालय, खानेपानीका धाराहरु बनाएका उनीहरुले महिनादिनभित्रै बस्ने टेन्ट पनि हाले। वरपर सुरक्षाका लागि घेरवार लगायतका कामहरु चलिरहेको छ। चिनियाँ विशेषज्ञ टोली दशै लगत्तै नै दैलेख आईरहेका थिए। उनीहरु सदरमुकामको होटलमा बस्छन्।

त्यहीबाट अन्वेषणका लागि बिहानै साईटमा निस्कन्छन्। ‘होटलमै खाजा लिएर विशेषज्ञ टोली फिल्ड हिड्ने गर्दछ।’ टोलीका एक सदस्यले भने, विशेषज्ञहरु राती अवेर मात्र फिल्डबाट होटल फर्कने गर्दछन्।’ क्याम्पमा नेपाली तथा चिनियाँ प्राविधिक र कामदारहरु बस्ने ब्यवस्थापन पक्षले जनाएको छ। अन्वेषणमा सहभागी कामदार र प्राविधिकहरुका लागि टेन्ट निर्माण र शौचालय, खानेबस्ने ठाउँ बनाउने काम अन्तिम चरणमा पुगेकोे अन्वेषणको ब्यवस्थापन गरिरहेको विजिपी नेपालका कार्यक्रम संयोजक सुर्यमणी लामेछानेले बताए।

‘अहिले ब्यवस्थापनको कामहरु भईरहेको छ।’ लामेछानेले भने, अन्वेषणको काम भईरहेको छ अव, डिल गर्ने लगायतका कामहरु हप्तादिनमा सुरु हुनेछन्।’ दुई स्थानमा अन्वेषणका लागि आउने टोली बस्नेगरि ब्यवस्थापन मिलाईएको उनले बताए।

दैलेखको दुल्लु नगरपालिकाको हस्पिटल नजिकको  चउर र डुंगेश्वर गाउँपालिकाको चुप्रामा क्याम्प राखिएको हो। अहिले दुवै स्थानमा अहिले बस्नका लागि निर्माण कार्य दु्रत गतिमा भईरहेको छ। चुप्रामा १२ वटा टेन्ट राखिएको छ। आवश्यकता अनुसार टेन्ट संख्या बढ्ने जनाईएको छ। 

प्रारम्भिक चरणको अध्यायन गरिसकेको अनुसन्धान टोलीले अव, ३ महिना जिल्लामै बसेर अन्वेषणको काम गर्ने छन्। उनीहरुले स्थापना गरेको दुई स्थानका क्याम्पबाट प्राविधिक र कामदार खटिनेछन्। त्यसका लागि आवश्यक ब्यवस्थापन कार्य दैलेखको डुगेश्वर गाउँपालिका र दुल्लु नगपालिकामा भैरहेको छ।

भूगर्व विभागका पेट्रोलियम परियोजना प्रमुख सुधीर रजौरेले अति सवेदनशिल भएकाले तेल र ग्यास अन्वेषणका लागि स्थलगत रुपमा क्याम्प शुष्म रुपमा विशेषज्ञहरुले काम गर्ने बताए। अहिले अन्वेषणमा आउने प्राविधिक र कामदारका लागि बस्ने, खाने, शौचालय, क्याम्प घेरवारका लागि निर्माण कार्य सकिन लागेको ब्यवस्थापनले जनाएको छ। चुप्रामा ६ वटा शौचालय, ८ वटा धारा निर्माण गर्न लागिएको छ। चिनियाँ टोली ३० देखी ३५ जना आउने र अरु नेपाली टोली रहने जनाई कार्यक्रम संयोजक लामेछानेले बताए। अर्को क्याम्पमा पनि यहि अनुसार भौतिक संरचना निर्माण गरिने छ।

अन्वेषण धेरैभन्दा धेरै स्थानीयहरु कामदार प्रयोग गरिने लामेछानेले बताए। अन्वेषणका लागि आवश्यक डिल मेशिन नेपाल आउने तयारी भैईरहेको जनाईएको छ। दैलेखमा अन्वेषण कार्यका लागि चिनियाँ र नेपाली टोली आएपछि उमंग्ग छाँएको छ। अन्वेषणमा कामदारको सहयोगमा प्राविधिक तथा विशेषज्ञहरुले चटान हेरेर जमिनमुनी कस्तो भनेर एमआरआई जस्तो सर्वे गर्ने भुगर्भ विभागले जनाएको छ।

अन्वेषणमा स्यास्ट्रिक सर्भे गरिनेछ जसले जमिनमुनि कम्पनको तरंग पठाएर ड्रिलिङ हुनेछ। जसले भण्डारण कति छ कहाँसम्म फैलिएको छ। कहाँबाट निकाल्न मिल्छ आदि कुराहरु पत्ता लगाईने भुगर्भ विभाग पेट्रोलियम परियोजना प्रमुख सुधीर रजौरेले बताए।

अन्वेषणका क्रममा अनुसन्धान टोलीले ग्यास तथा पेट्रोलियम पदार्थ भएको जमिनमुनीमा कम्तिमा ५ देखी २० किलोमिटरसम्म अध्यायन गर्नेछन्। चिनको चाईना जिओलोजिकल सर्भेको टोलीको नेतृत्व बरिष्ठ भुगर्वविद् टयान फुएनले गरेका छन्। अन्वेषण अवधि ३ वर्षको रहने भुगर्भ विभागले जनाएको छ। दोस्रो चरणमा अन्वेषण टोलीले ३ महिना स्थलगत रुपमा बसेर काम गर्ने छन्। 

 

प्रकाशित: १७ कार्तिक २०७६ १०:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App