२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

रारा नगरपालिकाले भत्ता बाडेन

मुगु- छायानाथ रारा नगरपालिका वडा नम्बर १ का ८६ वर्षका दानबहादुर मल्ललाई दसैं अगाडी नै सरकारले दिने सामाजिक सुरक्षा भत्ता पाउने आशा थियो भने आएको रकमले दसैंमा न्यानो र नयाँ कपडा किनौला, केही मिठो मसिनो खाउला भन्ने लागेको थियो तर नगरपालिकाले सामाजिक भत्ता तिहार वितिसक्दा पनि नदिएपछि यसपालिको दसैं, तिहार निकै खल्लो लाग्यो।

८६ वर्षीया मल्ल मात्रै होईनन् छायानाथ रारा नगरपालिका वडा नम्बर १ का पाँच वर्ष मुनिका बालबालिका ६० वर्ष माथिका बृद्ध बृद्धा, एकल तथा विधुवा र असक्त अपागं गरि ३ सय ३७ जनाले समयमा नै सामाजिक सुरक्षा रकम पाउन सकेका छैनन्। वडा नम्बर १ मा ६० वर्षमाथीका २२ जना, ७० वर्ष माथीका ६४ जना, विधुवा २४ जना अति अशक्त ७ जना, पुर्ण अशक्त १ जना र पाँच वर्ष मुनिका २ सय १९ जना बालबालिका सामाजिक सुरक्षाबाट बञ्चित भएका हुन्।

वडा पालिकामा स्थायी कर्मचारी नरहेको र नगरपालिकामा रहेका स्थायी कर्मचारीले मात्र सामाजिक सुरक्षा भत्ता वितरण गर्नु पर्ने प्रावधान रहेकाले समयमा नै रकम वितरण गर्न नसकिएको वडा नम्बर १ का अध्यक्ष लोकबहादुर हितानले बताए। नगरपालिका भित्र रहेका १४ वटा वडामा जम्मा तिन जना सचिव रहेका र नगरमा कर्मचारी अभाव हुँदा रकम वितरण गर्न नसकिएको नगरपालिकाले जनाएको छ।

१४ वडाका लागि दुई/तिन जना सचिवले छोटो अवधीमा १४ वडाका ८७ गाउँ बस्तिमा सामाजिक सुरक्षा रकम वितरण गर्नु पर्ने भएकाले अबको एक हप्ता भित्र रकम वितरण भई सक्ने नगरपालिकाका निमित्त प्रमुख पशासकिय अधिकृत पशुपति शाहीले बताए। तर नगरका १३ वटा वडाका सामाजिक सुरक्षा पाउने नागरिकले रकम पाई सकेका छन्।

स्रोतका अनुसार नगरपालिका भित्रका कर्मचारीले रकम बुझ्न नमाने पछि वडा नम्बर १ का लागि वितरण गर्नु पर्ने रकम १९ लाख २० हजार ४ सय रुपैया कोष तथा लेखा नियन्त्रण कार्यालयमा रोकिएको छ।

प्रकाशित: १५ कार्तिक २०७६ ०९:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App