४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

चिकित्सकविहीन स्वास्थ्य केन्द्र

बाजुरा- प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी चिकित्सकविहिन बनेको छ। स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर गणेश चौधरी समायोजन भएर गएपछि प्राथामिक स्वास्थ्य केन्द्र कोल्टी चिकित्सक विहिन बनेको हो। स्वास्थ्य केन्द्रमा डेढ महिनादेखि चिकित्सक विहिनको अवस्था छ।

डाक्टर चौधरी समायोजनपछि दबरन्दी भएकै स्थानमा गएपछि अर्को आउने नआउन निश्चित छैन्। जिल्ला अस्पतालपछि बढी चाप हुने र बाजुराका चार वटा स्थानीय तह सहीत हुम्ला, मुगुका विरामीसमेत कोल्टीमै उपचारका लागि आउने गरेका छन्।

दैनिक ८० बढी विरामी उपचारका लागि आउने गरेको कार्यरत अहेश लोकेन्द्र न्यौपानेले बताएका छन्। विरामी जटिल प्रकृतिका आउने गरेका छन्, तर चिकित्सक नहुँदा उनीहरु फर्किने गरेको अहेब न्यौपानेको भनाई छ। कोल्टीमा जिल्ला अस्पतालकै बराबर विरामी उपचारका लागि आउने गरेका छन्।

हाल हेल्थ असिष्टेन्ट ओमजंग शाही स्वास्थ्य केन्द्र इन्चार्जको भूमिकामा छन्। सामान्य चेकजाँच बाहेक अरु सुविधा रोकिएपछि विरामीलाई समस्या परेको छ। लामो समयसम्म डाक्टर नहुँदा सिंगो कोल्टी क्षेत्रकै विरामीलाई मर्का परेको नागरिक अगुवा जनेश भण्डारीले बताएका छन्।

सामान्य समस्याका विरामीलाई पनि नेपालगञ्ज, मार्तडी रिफर गर्नु परेको छ । जसका कारण विरामीले महँगो भाडा र उपचार खर्च बेहोर्नु परेको छ। कोल्टीमा १ जना चिकित्सकको दरबन्दी छ। तर यसमा सरकारले केही सोचेको छैन् । बाजुरा आउनै डाक्टरहरु मान्दैनन्, त्यसैमा समायोजनले झनै समस्या खडा गरेको देखिन्छ।

आर्थिक समस्याले रिफर गरिएका विरामी पनि स्वास्थ्य केन्द्रमै थन्किएका छन्। कोल्टीमा चिकित्सक नहुँदा रिफर गरिएकी साप्पाटाकी अप्सरा विक बाहिर जान सकेकी छैनन्। आफन्तले आर्थिक अभाव रहेकोले उपचारका लागि अन्यन्त्र लिन नसकिने भन्दै कोल्टीमै राखेका छन्।

विकलाई मार्तडी वा नेपालगञ्ज लैजान स्वास्थ्य कर्मीको सुझाव सहीत रिफर पत्र समेत दिईएको छ। प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा चिकित्सक मात्र नभएको अवस्था छैन्, दरबन्दी अनुसार स्वास्थ्य कर्मी समेत छैनन्।

चिकित्सकसहित तीन जना अहेव मध्ये १ जना मात्र कार्यरत छन् भने तीन जना अनमी मध्ये २ जना मात्र कार्यरत छन्। विरामीको अनुपातमा स्वास्थ्य कर्मीको संख्या निकै कम छ। समायोजनमा पनि आउने नआउने अत्तो पत्तो नभएको स्वास्थ्य केन्द्रले बताएको छ।

प्रमुख व्यापारीक केन्द्र, विमान स्थल र बुढीनन्दा नगरपालिकाकै केन्द्रमा रहेको स्वास्थ्य केन्द्र प्रति नगरपालिककाले समेत वास्ता नगरेको गुनासो सर्वसाधारणको छ। ४ वटा स्थानीय तह, हुम्ला, कालिकोट र मुगुका जनतालाई सेवा दिदै आएको स्वास्थ्य केन्द्र बारे सरकारी चासो कम देखिएको कार्यरत स्वास्थ्य कर्मीकै गुनासो छ।

विरामी बाध्य भएर विमानबाट नेपालगञ्ज जान बाध्य छन्। मार्तडी आउन पनि भनेको समयमा जीप पाईदैनन्। पाएपनि रिजर्भ गर्दा १० हजार बढी भाडा तिर्नु पर्ने बाध्यता विरामीका परिवारलाई छ। चिकित्सक ल्याउने पहल भईरहेको नगर उपप्रमुख सृष्टी रेग्मीको भनाई छ।

प्रकाशित: १४ कार्तिक २०७६ १४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App