९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

६ हुण्डी कारोबारी पक्राउ, २९ लाख बढी बरामद

काठमाडौं – २९ लाख रुपैयाँ भन्दा बढी रकमसहित ६ हुण्डी कारोबारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले भारतको मोतिहारीका ४८ वर्षीय कृष्णमोहन कलवारलाई पक्राउ गरेकोहो। वीरगञ्ज बस्दै आएका कलवारको साथबाट उक्त रकमसहित प्रहरीले सुनको जस्तो देखिने २ थान सिक्का, चेकबुक, भौचर बरामद गरेको छ।

त्यस्तै बिहीबार प्रहरीले बाराको प्रसौनी–२ का वीरेन्द्र साहको साथबाट २ लाख ५० हजार, बारा दौरुवाटोलका शनि जैसवालको साथबाट २ लाख ५० हजार र भारतको रामगढवाको साथबाट १० लाख रुपैयाँ बरामद गरेको छ। त्यसैगरी शुक्रबार बिहान वीरगञ्ज शंकराचार्य गेट अगाडिबाट हुण्डी गर्न लागिएको ९ लाख रुपैयाँसहित भारत बिहारका गोपालप्रसाद अग्रवाल पक्राउ परेका छन्।

चाडपर्वको अवसरमा अवैध वित्तिय कारोबार हुण्डी भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोली २९ लाखसहित उनीहरुलाई पक्राउ गरिएको पर्साका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

शुक्रबार बिहान वीरगञ्ज शंकराचार्य गेट अगाडिबाट हुण्डी गर्न लागिएको ९ लाख रुपैयाँसहित भारत बिहारका गोपालप्रसाद अग्रवाल पक्राउ परेका छन्।यता वीगञ्ज–१४ बाट मन्टु कुमार साह कानु पनि हुण्डी गर्न लागिएको ४ लाख ५० हजार रुपैयाँसहित पक्राउ परेका छन्। पक्राय परेका ६ जनाबाट २९ लाख ३३ हजार ५ सय ६० रुपैयाँ बरामद भएको एसपी राठोरले बताए

प्रकाशित: ८ कार्तिक २०७६ ०५:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App