१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

प्रयोगविहीन सुधारिएको पानी घट्ट

सिमकोट- हुम्लाको सर्केगाड गाउँपालिका–६ बराइगाउँमा असार मसान्तमा निर्माण सम्पन्न भएको सुधारिएको पानी घट्ट प्रयोगविहीन रहेको छ।

बराइगाउँमा पानी घट्ट नभएकाले आरभिडब्लुआरएमपी, ग्रामीण जनउत्थान र गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको पानी घट्ट पानी अभावमा अहिले प्रयोगविहीन रहेको स्थानीयवासी कमला सार्कीले बताइन्।

बर्खामा पानी उपलब्ध हुने भए पनि हिउँदमा पानी नभएर घट्ट प्रयोगविहीन रहेको स्थानीयवासीको भनाइ छ। नौ लाख ६८ हजार रुपैयाँमा निर्माण सम्पन्न भए पनि प्रयोगमा नआएको स्थानीयवासी भक्तराज ऐडीले बताए। सुधारिएको पानी घट्ट बराइगाउँका १ सय ५० घरधुरीलाई लक्षित गरी निर्माण गरिए पनि स्थानीयवासीले प्रयोगमा नल्याएको उनले जानकारी दिए।

असारमा निर्माण सम्पन्न भएको पानी घट्ट प्रयोगमा नआउँदा स्थानीयवासीले अर्को गाउँ रोडिटमा रहेको साढे एक घण्टाको पैदल हिँडेर पिसानी गर्दै आउने गरेका छन्। रासस

प्रकाशित: ५ कार्तिक २०७६ ०६:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App