९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

लोभोल्टेज र ट्रिपिङको समस्या हट्छ : घिसिङ

विराटनगर - नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोभोल्टेज र ट्रिपिङको समस्या चा“डै अन्त्य हुने बताएका छन् । शुक्रबार मोरङका उद्योगी व्यावसायीस“गको छलफलमा घिसिङले सकेसम्म चा“डै लोभोल्टेज र ट्रिपिङको समस्या समाधान गर्न विद्युत् प्राधिकरण प्रयासरत रहेको बताएका हुन् ।

घिसिङले देशभित्रका अधिकांश प्रसारण लाइनको स्तरोन्नतिको काम सुरू भइसकेका कारण २ वर्षभित्र लोभोल्टेज र ट्रिपिङको समस्या समाधान गरिसक्ने प्राधिकरणको योजना रहेको जानकारी दिए । यस्तै सव स्टेशनको क्षमता बढाउने काम पनि सँगसँगै अघि बढेको बताए । उनका अनुसार हाल ११ र ३३ केभिए प्रसारण लाइनमा ट्रिपिङको धेरै समस्या देखिएकाले त्यस्ता प्रसारण लाइनलाई सुधार गर्ने योजना प्राधिकरणले अघि बढाइसकेको छ ।

यति मात्रै हैन प्राविधिक कारणले पनि ट्रिपिङको समस्या देखिएकाले त्यसलाई समाधान गर्न पनि प्राधिकरण प्रयासरत रहेको छ । नेपालभित्रका र भारतस“ग जोडिएका ग्रीडहरूलाई सिंक्रोनाइज नगर्दा धेरै समस्या देखिएको उनले बताए । उनले भने, ‘नेपालभित्र र भारतस“ग जोडिएका ग्रीडहरूलाई सिंक्रोनाइज नगर्दा सप्लाईमा समस्या देखिएको छ ।’ ग्रीडलाई सिंक्रोनाइज गर्न भारतस“ग पनि छलफल भइरहेको घिसिङले जानकारी दिए । नेपालतर्फ विद्युत् आयात भइरहने तर, नेपालको आन्तरिक उत्पादन खपत नभएर खेर गइरहने अवस्थासमेत रहेको छ । विद्युत्को सप्लाई एकनाशले हुने तर, खपत कुनै बेला ह्वात्तै बढ्ने र कुनै बेला ह्वात्तै घट्ने भएकाले सप्लाईमा समस्या देखिएको उनको भनाइ छ।

गर्मीयाममा तराई क्षेत्रमा पानी पर्दा ३ सय मेगावाट विद्युत्को खपत घट्ने गरेको छ । ‘ पानी पर्दा र रोकिँदा एक दुई घण्टाकै अन्तरमा ३÷४ सय मेगावाट विद्युत्को खपत घटबढ हुने गरेको छ’, घिसिङले भने, ‘छिटो–छिटो विद्युत्को खपत ठूलो मात्रामा घटबढ हु“दा म्यानेज गर्न हुने कठिनाइ ग्रीड सिंक्रोनाइज पछि हट्ने छ ।’

विगतमा देखिएका समस्या हाल बद्लिएको घिसिङले बताए । विगतमा लोडसेडिङको समस्या भएकोमा अब, लोड म्यानेज र विद्युत् खपत कसरी बढाउने भन्ने समस्यामा बदलिएको छ ।

पछिल्ला ३ वर्षमा ४ सय मेगावाट विद्युत् सिस्टममा थप भएको र चालु आर्थिक वर्षमा मात्रै १ हजार मेगावाट विद्युत् थपिने भएकाले विद्युत् खपत बढाउने चुनौती रहेको घिसिङले बताए ।

उनले भने, ‘पर्याप्त विद्युत् खपत नभएर ठूलो नोक्सान हुने भएकाले खपत बढाउन गम्भीर हुनुपर्ने बेला भएको छ ।’ प्राधिकरणभित्रको आन्तरिक सुशासनलाई प्राधिकरणले गम्भीर रूपामा लिइरहेको घिसिङले बताए ।

उनले उद्योगी, व्यवसायी र ग्राहकलाई दुःख नदिन कर्मचारीलाई निर्देशनसमेत दिए । कुनै समस्या भए तत्कालै विद्युत् प्राधिकरणका स्थानीय, प्रदेश र केन्द्रीय कार्यालयमा जानकारी गराउन पनि घिसिङले सेवाग्राहीलाई आग्रह गरे ।

उनले भने, ‘विद्युत्का विषयमा कुनै पनि समस्या भए तत्कालै जानकारी गराउनुस् हामी समाधान गर्न तत्पर छौं ।’ डेडिकेटेड फिडर र ट्रङ्कलाइनको विषयमा देखिएका समस्या समाधानको प्रयास भइरहेकाले चा“डै समस्या समाधान हुने उद्योगी व्यवसायीलाई घिसिङले आश्वासन पनि दिए ।

यता मोरङका उद्योगी व्यवसायीहरूले प्राधिकरणले उद्योगीलाई प्रताडित पार्न लागिपरेको आरोप लगाएका छन् । डेडिकेटेड फिडर र ट्रङ्कलाइनका नाममा करोडौं रूपैया“ एकमुष्ट तिराउन खोज्दा उद्योगीहरू समस्यामा परेको उनीहरूको गुनासो थियो । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले विद्युत्मा देखिएका समस्या समाधानका लागि प्राधिकरणले ध्यान दिनुपर्ने बताए ।

उनले मुख्यगरी लोभोल्टेज, ट्रिपिङ, डेडिकेटेड तथा ट्रङ्कलाइनको समस्या समाधान गर्न कार्यकारी निर्देशक घिसिङलाई आग्रह गरेका थिए । मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष पवन सारडाले प्राधिकरण आफ्ना गल्ती ढाकछोप गर्न लागिपर्दा उद्योगी व्यवसायी समस्यामा परेको गुनासो गरे ।

उनले भने, ‘डेडिकेटेड फिडरका नाममा माग्ने नमाग्ने सबैलाई चार्ज लगाएर उद्योगी व्यवसायीलाई समस्यामा पार्न खोजिँदै छ ।’ उद्योगी राजकुमार गोल्छाले रघुपति जुट मिलले डेडिकेटेड फिडर नलिएको तर, लिएको भन्दै प्राधिकरणले जबरजस्ती गरिरहेको गुनासो गरे । उनले भने, ‘लिँदै नलिएको डेडिकेटेड फिडर लियो भनेर प्राधिकरणले तिराउन खोज्दै छ ।’ छलफलमा मोरङ व्यापार संघका कार्यवाहक अध्यक्ष नवीन रिजाल, उद्योगी सुरेन्द्र गोल्छा, अनिल सारडालगायतले विद्युत्मा देखिएका समस्यालाई प्राधिकरणले गम्भीर रूपमा लिनुपर्ने सुझाव दिए ।
 

प्रकाशित: २ कार्तिक २०७६ ०३:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App