लहान– सिरहाको सीमावर्ती कचनारी नाकाबाट प्रहरीले लागुऔषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने गोलबाजार नगरपालिका–६ का २० वर्षीय गणेश कुमार साह र नरहा गाउँपालिका–१ का २० वर्षीय नवीनकुमार यादव छन्।
सिरहा प्रहरी प्रमुख(एसपी) उमाप्रसाद चतुर्वेदीका अनुसार पक्राउ परेका साह र यादवलाई सीमावर्ती भारतीय सहरबाट खरिद गरेर कचनारी नाका हुँदै नेपाल भित्र्याउँदै गरेको ८९ बोतल डाइलक्स डीसी(लागुऔषध) सहित पक्राउ गरिएको हो।
पक्राउ परेका दुबै युवकलाई लागुऔषध मुद्दामा कारबाही अघि बढाइएको चतुर्वेदीले बताए।
प्रकाशित: १ कार्तिक २०७६ १३:४६ शुक्रबार