अछाम - भीरबाट खसेर अछाममा एकजनाको ज्यान गएको छ। बुधबार घर नजिकैको जंगलमा दाउरा चिर्न जाने क्रममा बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ६ दर्नाको भीरबाट खसेर ज्यान गएको हो।
दर्नाको तोल्यानका स्थानीय ५२ वर्षीया शाह बुधबार बयलडुगामा दाउरा काट्न भनेर घर बाट निस्केका थिए। साँझ अबेरसम्म पनि घर नआएपछि परिवारले खोजी गर्दा दाउरा काटेको स्थानदेखि करिब ५० मिटर तल उनको मृत अवस्थामा शव भेटिएको स्थानीय कृष्ण बहादुर कडायतले जानकारी दिए। मृतक शाहका १ छोरी ३ छोरा रहेका छन्।
प्रकाशित: ३० आश्विन २०७६ ०५:४६ बिहीबार