चरिकोट – चिकित्सा शिक्षा सुधार आन्दोलनका अभियन्ता डा. गोविन्द केसी जागिरबाट अवकाश लिएलगत्तै मावली र आफन्तसँग भेटघाट गर्न दोलखा पुगेका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगन्जका प्राध्यापक केसीले सोमबार मात्र २७ वर्षे जागिरे जीवनबाट अवकाश लिएका थिए।
जागिरे जीवन सकिएपछि आफू चिकित्सा शिक्षासहित जनसरोकारका मुद्दा उठाएर जनताका पक्षमा काम गर्ने उनले सुनाए। केसीले आफूले राखेका माग कात्तिक ८ गतेभित्र पूरा नभए १३ गतेबाट सत्याग्रह सुरु गर्ने बताए। ‘सत्याग्रह त्यो बेलाको परिस्थितिअनुसार काठमाडौंमा अथवा नेपालभरिका जुनसुकै स्थानमा बसेर पनि हुन सक्छ,’ उनले भने।
प्रकाशित: ३० आश्विन २०७६ ०१:३४ बिहीबार