१० कार्तिक २०८१ शनिबार
image/svg+xml
समाज

बसले किच्दा बालकको मृत्यु

नुवाकोट– नुवाकोटको बट्टार बजारमा बसले किच्दा एक बालकको मृत्यु भएको छ। तारकेश्वर गाउँपालिका–६ गोर्स्याङ घर भएका प्रताप तामाङका ६ वर्षीय छोरा युनिक तामाङको आज दिउँसो केरुङ यातायातको बा ४ ख ७५०४ नम्बरको बसले किच्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

बालकको घटनास्थलमै ज्यान गएपछि आक्रोशित स्थानीयले चालकलाई सख्त घाइते हुने गरी कुटेका छन् भने बस तोडफोड भएको छ। घाइते चालकको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

मृतकका आफन्तले बसलाई जलाउने प्रयास गरेपछि भीड तितरवितर पार्न प्रहरीले पाँच सेल अश्रुग्याससमेत प्रहार गरेको थियो।

मृतकका आफन्तले दोषीलाई कडा करवाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेर बट्टार बजार बन्द गरेका छन्। रासस

प्रकाशित: २९ आश्विन २०७६ ०९:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App